महोत्तरीमा गोली हानेर लुटपाट, एकै परिवारका पाँच घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
महोत्तरीमा गोली हानेर लुटपाट, एकै परिवारका पाँच घाइते

सारांश

  • महोत्तरी, २३ भदाै ।
  • महोत्तरीको भंगाहा नगरपालिका–६, जमुनियाँमा बन्दुक र खुकुरीले आक्रमण गरेर डकैती भएको छ।
  • शुक्रबार राति २०/२२ जनाको संख्यामा आएको हतियारधारी समूहले स्थानीय अर्जुन भुजेलको घरमा डकैती गरेको हो।

महोत्तरी, २३ भदाै । महोत्तरीको भंगाहा नगरपालिका–६, जमुनियाँमा बन्दुक र खुकुरीले आक्रमण गरेर डकैती भएको छ।शुक्रबार राति २०/२२ जनाको संख्यामा आएको हतियारधारी समूहले स्थानीय अर्जुन भुजेलको घरमा डकैती गरेको हो। डाँका समूहले बन्दुक र खुकुरी चलाएर अर्जुनसहित उनका परिवारका पाँच सदस्यलाई घाइते बनाएको छ। उनीहरूले १० लाख रुपैयाँभन्दा बढीको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ।

मध्यराति आएको डाँकाहरूले घरधनी अर्जुन भुजेल सुतेको कोठामा पसेर बन्दुक चलाएका थिए। डाँका कोठाभित्र पसेपछि उनीहररूलाई छलेर भाग्ने क्रममा अर्जुनका गाला र अनुहारमा उनीहरूले चलाएको बन्दुकको छर्रा लागेका छन्। कालो नकाव लगाएका डाँकाले अर्जुनकी पत्नी अञ्जुदेवी, छोराहरू दीपेन्द्र र अमित एवं साला सुमित बुढाथोकीलाई शरीरका विभिन्न भागमा खुकुरीले हानेर घाइते बनाएका छन्।  घाइते पाँचै जनाको अहिले बर्दिवास-१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

डाँकाले चार राउन्ड गोली चलाएर सानो बस्तीलाई आतंकित बनाउँदै लुटपाट गरेको घाइते अमित भुजेलले बताए। डाँकाले सुनचाँदीका गहना, धातुका भाँडा र नगदसमेत गरेर १० लाखभन्दा बढीको धनमाल लुटेर लगेको उनले बताए। घटनालगत्तै सो बस्ती र अन्य शंकास्पद ठाउँमा डाँकाको खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगद तथा मोबाईल लुटपाट
नगद तथा मोबाईल लुटपाट
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
जोशी फेल भएपछि नयाँ प्रधानन्यायाधीश गर्न भोलि संवैधानिक परिषद्को बैठक, को होला प्रधानन्यायाधीश ?
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
जमुनाहा–हिल्सा दु्रतमार्गः कर्णालीको समृद्धिमा कोशेढुङ्गा
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित