कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
५३ पटक हेरिएको
Shares
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)

सारांश

  • काठमाडौं ।
  • फ्लोरिकल्चर एशोसिएशन नेपालको रजत जयन्तीको अवसर पार्दै कृषि विकासमन्त्री राम कृष्ण यादवले बागमती किनारमा शनिबार वृक्षारोपण गरे ।
  • मन्त्री यादवले धार्मिक महत्व बोकेको रुद्राक्षको बिरुवा रोपेर फ्लोरिकल्चरको रजत जयन्ती महोत्सवको उद्घाटन गरेका हुन् ।

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको रजत जयन्तीको अवसर पार्दै कृषि विकासमन्त्री राम कृष्ण यादवले बागमती किनारमा शनिबार वृक्षारोपण गरे । मन्त्री यादवले धार्मिक महत्व बोकेको रुद्राक्षको बिरुवा रोपेर फ्लोरिकल्चरको रजत जयन्ती महोत्सवको उद्घाटन गरेका हुन् ।

वृक्षारोपण कार्यक्रममा कृषि विकासमन्त्री यादव, कृषि मन्त्रालयका सहसचिव शुरेश बाबु तिवारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठ, प्लान्टेशन एक्सपर्ट राम दयाल प्रसाद यादव, राष्ट्रिय वनस्पति उद्यानका प्रमुख दिपक लामिछाने, पुष्प विकास केन्द्रका प्रमुख द्रोण राज काफ्ले लगायतले वृक्षारोपण गरेका थिए ।

कोटेश्वर महादेवस्थान नजिक बागमती नदी किनारमा एक मिटर भन्दा अग्ला १ हजार बिरुवा रोपिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए ।

फ्लोरिकल्चर एशोसिएशन २५ औं बर्षमा पुगेको अवसर पार्दै यो बर्ष भरी बिभिन्न कार्यक्रम गर्ने एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

बर्षभरी गरिने कार्यक्रमहरुमा बृक्षारोपण, पुष्पजन्य वस्तुको प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम, धोबी खोला तथा बागमती नदी किनारमा बोटबिरुवाको गोडमेल तथा सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम, फ्लोरिकल्चर क्षेत्रमा बिशिष्ट योगदान दिने ब्यक्ति तथा संघ संस्थालाई सम्मान कार्यक्रम, रजत बर्ष स्मारिका प्रकाशन, फोटो प्रदर्शनी लगायत विभिन्न गोष्ठी, तालिम तथा मेला प्रदर्शनी गरिने अध्यक्ष कसजुले जानकारी दिए ।

नेपाली रैथाने तथा धार्मिक महत्व बोकेका बोट बिरुवाहरु बृक्षारोपण गरिएको फ्यानका उपाध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?