राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
३० पटक हेरिएको
Shares
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा

सारांश

  • काठमाडौं, पुस १५ ।
  •   कलाकार जितु नेपालले व्यवहारिक रुपमा देशमा अझै परिवर्तनको संकेत नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेपालले चुनावपछि जुन उत्साहअनुसार प्रक्रिया अगाडि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको बताए ।

काठमाडौं, पुस १५ ।  कलाकार जितु नेपालले व्यवहारिक रुपमा देशमा अझै परिवर्तनको संकेत नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेपालले चुनावपछि जुन उत्साहअनुसार प्रक्रिया अगाडि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको बताए ।

“देशको नेतृत्व परिवर्तनमा पनि अलमल छ । चुनावी परिणाम आउन पनि अलमल छ । खै के हो भगवान जानुन्, ।” नेपालले भने ।

फरक प्रसङ्गमा नेपालले नायक राजेश हमाल एमालेमा प्रवेश गर्ने तयारीमा रहेको आशंका गरेका छन् । केपी ओलीलाई बधाई दिन बालकोट पुगेको प्रसङ्गमा उनले हमाल राजनीतितिर लाग्नुहुन्छ कि भन्ने सम्भावना देखिएको बताए ।

हमाल प्रधानमन्त्री बनेको जनताले देख्न चाहेको नेपालको दाबी छ । असम्भव भन्ने केही नभएको भन्दै नेपालले हमाल एमालेमा प्रवेश गरेर प्रधानमन्त्री बन्न सक्ने बताए ।

नेपालले केही राम्रा नेताहरुले चुनाव हारेकोमा दुःख व्यक्त गरे । कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव हार्नु दुखद भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?