जुम्लामा प्रहरी मारिएको भन्ने यसरी झुठ बोलिएको रहेछ…

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जुम्लामा प्रहरी मारिएको भन्ने यसरी झुठ बोलिएको रहेछ…

सारांश

  • काठमाडौं – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा.
  • गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ ।
  • सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।

काठमाडौं – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।

प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी तपनकुमार दाहालले घोषणा गरिदिए ।

आजको नागरिक दैनिकको पृष्ठ २ मा प्रहरीका दुई झुट शिर्षकमा समाचार छापिएको छ । आफ्नो गल्ती ढाकछोप गर्न प्रहरीले उल्टै सञ्चार माध्यमलाई उपदेश दिँदै ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण नगर्न’ अपिलसमेत गरेको थियो । आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भिड नियन्त्रण गर्ने स्थिति किन बन्यो ?

त्यसैगरी आजको कान्तिपुर  दैनिकको पृष्ठ २ मा किन झुट बोल्यो प्रहरीले शिर्षकमा समाचार छापेको छ । जुम्लाका डीएसपी तपनकुमार दाहालले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ? प्रहरी प्रवक्ता शैलेश थापाले भने,  ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ।’

कान्तिपुरले लेखेको छ, भीड नियन्त्रणका बेला होस् या अन्य, गलत सन्देश प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी हो , त्यसले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?