राज्य व्यवस्था समितिको पहिलो बैठकमै पत्रकारहरुलाई निषेध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
राज्य व्यवस्था समितिको पहिलो बैठकमै पत्रकारहरुलाई निषेध

सारांश

  • काठमाडौं, ९ असोज ।
  • राज्य व्यवस्था समितिको नवनिर्वाचित सभापति शशि श्रेष्ठले पहिलो बैठकमै पत्रकारलाई प्रवेशमा निषेध गरेकी छन् ।
  • समितिको बैठकमा समसामयिक विषयसहित निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठेको थियो ।

काठमाडौं, ९ असोज । राज्य व्यवस्था समितिको नवनिर्वाचित सभापति शशि श्रेष्ठले पहिलो बैठकमै पत्रकारलाई प्रवेशमा निषेध गरेकी छन् ।

समितिको बैठकमा समसामयिक विषयसहित निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठेको थियो । तर, समिति बैठकमा पत्रकारलाई प्रवेशमा निषेध गरियो ।

संसदीय समितिका ढोका पत्रकारका लागि खुला रहने गरेका थिए । तर, श्रेष्ठले समसामयिक विषयको छलफलमा समेत मर्यादापालक लगाएर पत्रकारलाई रोक लगाएकी हुन् । फोटो पत्रकार र भिडियो पत्रकारलाई बैठकमा जान रोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?