मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : सारा अली खानले घर छोडेकै हो?

सारांश

  • एजेन्सी।
  • सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन्।
  • उनको दोस्रो फिल्म ‘सम्बा’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भयो।
एजेन्सी। सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनको दोस्रो फिल्म ‘सम्बा’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भयो। दुवै फिल्मका विषयमा साराले करन जोहरको च्याट शो कफी विथ करणमा आफ्नो र परिवारका विषयमा खुलासा गरेकी छन्। उनले आफू बुवा आमा अलग भएका कारण दुखी नभएको बताइन्। 
उनले जो व्यक्तिको विचार अलग अलग हुन्छ त्यस्ता व्यक्ति छुट्टै बसेको नै राम्रो हुन्छ। केही दिन अगाडि सारा अली खान आफ्नी आमाको घर छोडेर बेग्लै बस्न थालेको समाचार सार्वजनिक भएको थियो।
साराले सामाजिक संजालमा एउटा फोटो शेयर गरेकी छन्। यो फोटोमा उनी सामाम प्याक गर्दै गरेको देखिएको छ। त्यसपछि सामाजिक संजालमा विभिन्न अड्कल बाजी सुरु भयो।  कतिपयले साराको आमासँग राम्रो सम्बन्ध नभएको बताए भने कतिले साराले आमाको घर छोडेको टिप्पणी गरे। 
तर साराले बुवा आमाको घर छोडेको विषयमा एक भिडियोमार्फत वास्तविकता खुलाएकी छन्। उनले आफू एक ब्राण्ड क्याम्पेनको हिस्सा भएको बताएकी छन्। सारा एउटा हेयर रिभुवर क्रीम ब्राण्डको हिस्सा छन्।  यद्यपी यो ब्राण्ड र  उनको भिडियोसँग के कनेक्शन छ भन्ने कुरा आगामी दिनमा साराले बताउलिन नै। तर साराका फ्यानकालागि खुशीको खबर के हो भने उनी आमाबाट छुट्टिएकी होइनन्।
साराले सामाजिक संजालमा एउटा फोटो शेयर गरेकी छन्। 
यो फोटोमा सारा प्याक गरेको धेरै समानसँग देखिएकी छन्। यो फोटोमा साराले लेखेकी छन्–एक नयाँ सुरुवात।’सामाजिक संजालमा भाइरल अर्को फोटोमा साराको नजिकै कार देखिएको छ। यस्तो फोटो सार्वजनिक भएपछि साराले आफ्नी आमाको घर छोडेर एक्लै बस्न थालेको अनुमान लगाइएको थियो। सारा अली खानले पुलवामाको आतंकवादी आक्रमणमा परी निधन भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जलि दिएकी छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?