दशैको पहिलो दिन कुन देवीको पूजा गरिन्छ ?
सारांश
- आजदेखि बडा दशै सुरु भइसकेको छ ।
- आज दशैको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राखिएको छ ।
- दशैभर विभिन्न नवदुर्गा तथा भगवतीहरुको विशेष पूजा आराधना समेत गर्ने गरिन्छ ।
आजदेखि बडा दशै सुरु भइसकेको छ । आज दशैको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राखिएको छ । दशैभर विभिन्न नवदुर्गा तथा भगवतीहरुको विशेष पूजा आराधना समेत गर्ने गरिन्छ । घटस्थापनाको दिनदेखि हरेक दिन पूजा गरिने फरक फरक नवदुर्गा रहेका छन् ।
बडा दशैको पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने परम्परा छ । शैलपुत्री भनेको पहाडकी छोरी हुन् । हिमालय पर्वतराजको घरमा जन्म भएका कारण यी देवीको नाम शैलपुत्री रहन गएको हो । पहाडकी छोरी भन्नाले यस शक्तिलाई पृथ्वी तत्वको प्रतीकको रूपमा लिइन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथ्वी तत्वको विशेष स्थान रहेको छ । शैलपुत्रीको उपासना गर्नु भनेको प्रतीकात्मक रूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया