रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
रानी–जमरा –कुलरिया सिँचाइको काम आधा पनि भएन

सारांश

  • काठमाडौँ ।
  • आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन ।
  • निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ ।

काठमाडौँ । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ ।

कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव २०८०/८१ मा सकिँदैछ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।

रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् ।

एउटै समयमा सुरु भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशतमात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इञ्जिनियर प्रेम लासिवाको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको आरोप लगाउँदै निर्धारित समयमा काम सम्पन्न नहुने उनको भनाइ छ ।

“सबै क्षेत्रमा एकैसाथ काम सुरु भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा दुई कम्पनीको कामको प्रगति ज्यादै न्यून छ”, उनले भने, “हामीले ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।”

आयोजनाको काममा लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका छन् । जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशङ्कर निर्माण सेवा र जिभिभी भारतीय कम्पनीले संयुक्तरूपमा लिएका छन् । साथै जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ ।

दुई वर्ष कोरोना सङ्क्रमणको कारणले काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको दाबी छ ।

रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुनसक्ने स्थिति नदेखिएको स्वीकार गरे । “काम गर्दै आएका छौँ । सम्पन्न गर्नुपर्ने समय नजिकिँदै आएको छ । अझै करिब ३० प्रतिशतभनदा बढी काम बाँकी छ”, उनले भने, “काम गर्दै जाँदा आएका समस्याका कारण समयमा काम सक्न ढिलाइ भएको हो । कयौँ ठाउँमा डिजाइन नै परिवर्तन गर्दै काम गर्नुपर्ने स्थिति काम गर्दै जाँदा आयो ।” कम्पनीले मरा कुलो क्षेत्रको संरचना निर्माणका लागि रू५४ करोडमा ठेक्का पाएको थियो ।

कुलरिया कुला क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताए । उनले काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष देखाए ।

“काम किन ढिलो भयो भनेर हामीलाई होइन, आयोजना कार्यालयलाई राम्रोसँग थाहा छ । हाम्रो कारणले काममा ढिलाइ भएको छैन”, उनले भने, “कामका बारेमा कति प्रगति निकै कम भएको छ । त्यसमा काम गर्ने वातावरण आयोजना कार्यालयले बनाउन नसकेकै कारण काम हुन नसकेको हो ।”

निर्माण व्यवसायीका कारण आयोजनाको काम धरापमा पर्ने चिन्ता रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता मूल समितिको छ । समितिका अध्यक्ष कुमारराज शाहीले निर्माण कम्पनी जिम्मेवार नबन्दा आयोजनाको काम समयमा सम्पन्न हुनसक्ने अवस्था नरहेको स्पष्ट पारे ।

उनले आयोजनाले काम गर्न ताकेता गर्दा पनि ठेकेदार कम्पनीले आयोजनालाई नटेरेको आरोप लगाउए । “ठेकेदारले काम गर्दैन, आयोजना कार्यालयको निर्देशनको कार्यान्वयन हुँदैन । किसानले मूल समितिलाई आरोप लगाउँछन्”, अध्यक्ष शाहीले भने, “समस्या किसानलाई भएको छ । समयमा कुलोमा पानी ल्याउन पाएको छैन । समयमा खेती गर्न पाएको छैन ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
नवनिर्वाचित प्रधानमन्त्रीद्वारा राजिनामा
नवनिर्वाचित प्रधानमन्त्रीद्वारा राजिनामा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
गरिमा विकास बैंककाे ‘गरिमा रेमिट’ संचालनमा !
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
मादलको जितमा धिमेको गुञ्जन
मादलको जितमा धिमेको गुञ्जन
१० वर्षपछि पपस्टार माइकल ज्याक्सनबारे खुल्यो यस्तो रहस्य
१० वर्षपछि पपस्टार माइकल ज्याक्सनबारे खुल्यो यस्तो रहस्य
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !

तपाईंले छुटाउनुभयो कि?