राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिती बैठकद्वारा आगामी २०७७ जेष्ठ २५ गते महाधिवेशनको मिति तय भए पश्चात् महाधिवेशन निर्बाचन समितीले तयार गरेको र केन्द्रिय समितिले पास गरेको कार्यतालिका बमोजिम सकृय सदस्यता फारम बितरण अभियान शुरु भएको छ।
  •   मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा निर्बाचन समितिका अध्यक्ष एबं पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङले पार्टी अध्यक्ष कमल थापालाई सकृय सदस्यता फारम हस्तान्तरण गरे।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समिती बैठकद्वारा आगामी २०७७ जेष्ठ २५ गते महाधिवेशनको मिति तय भए पश्चात् महाधिवेशन निर्बाचन समितीले तयार गरेको र केन्द्रिय समितिले पास गरेको कार्यतालिका बमोजिम सकृय सदस्यता फारम बितरण अभियान शुरु भएको छ। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा निर्बाचन समितिका अध्यक्ष एबं पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङले पार्टी अध्यक्ष कमल थापालाई सकृय सदस्यता फारम हस्तान्तरण गरे। सकृय सदस्यता फारम बुझ्दै थापाले कार्यतालिका बमोजिम निर्बाचन समितिले आफ्नो काम निर्बाध रुपमा तोकिएको समय सिमा भित्र सम्पन्न गर्ने गरी कार्य सम्पन्न गर्न आग्रह गरे। उनले सो अवसरमा उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न समेत कार्यकर्ताहरुमा निर्देशन दिए। 
बिरगंजमा सम्पन्न केन्द्रीय परिषद् बैठकबाट परिमार्जित बिधान बमोजिम सकृय सदस्यताको आधारमा पार्टीको महाधिवेशन प्रतिनिधि हुने ब्यबस्था गरिएको छ। तीन वर्ष पार्टीमा योगदान पुर्याएका साधारण सदस्यहरुलाई सकृय सदस्यता प्रदान गरिने र शुरुवाती चरण भएकोले केही खुकुलो नीति अपनाईएको निर्बाचन समितिका अध्यक्ष तोरण गुरुङले जानकारी दिए।
 उनका अनुसार चैत्र १५ भित्र सकृय सदस्यता फारम बुझाईसक्नुपर्ने छ। सकृय सदस्यता फारम बितरण लगत्तै  सातै प्रदेशमा निर्बाचन सम्बन्धि अभिमुखिकरण कार्यक्रमको पनि मिति तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 
बर्तौलाका अनुसार माघ २९ र फागुन १ गते बागमती, फागुन ४ र ५ गते गण्डकी, फागुन ६ र ७ गते प्रदेश पाँच , फागुन ८ र ९ गते कर्णाली , फागुन १० र ११ गते सुदुरपश्चिम प्रदेश , फागुन १३ र १४ गते दुई नम्बर प्रदेश  तथा सात नम्बर प्रदेशको अनुशीक्षण फागुन १५ र १६ गते तोकिएको छ। सकृय सदस्यता फारम बितरण अभियान अन्तर्गत आजै पार्टीका पदाधिकारीहरुलाई पनि फारम बितरण गरिएको छ।
 वरिष्ठ नेता दिपक बोहरा , महामन्त्री भाष्कर भद्रा प्रबक्ता निलकण्ठ काफ्ले लगायतले मंगलबार नै फारम बुझेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?