३३ किलाे सुन प्रकरण: गोरे को बयान सकियो
सारांश
- अस्बिन खड्का, १३ जेठ ।
- ३३ किलाे सुन प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ ।
- जिल्ला अदालत मोरङमा ४ दिनदेखि जारी बयान अाइतबार (अाज) सकिएको हो ।
अस्बिन खड्का, १३ जेठ । ३३ किलाे सुन प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ ।
जिल्ला अदालत मोरङमा ४ दिनदेखि जारी बयान अाइतबार (अाज) सकिएको हो । आजै बाट नै निजको थुनछेक बहस थालिने जिल्ला अदालत मोरङले जनाएको छ ।
बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो । उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् ।
गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।
गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ । गोरे ले भनेको आधारमा उच्च पदमा रहनेहरू पनि तत्काल नै तानीने सम्भावना रहेको बताइएकाे छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Jit Ghale
Dherai bolna diyena hola bayan ma.