अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य

सारांश

  • जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ ।
  • सामान्यतया मोटरसाइकल भन्नासाथ कम सुरक्षित सवारी साधन मानिन्छ, किनकि सामान्य लापरवाहीका कारण पनि ढल्न सक्ने भएका कारण यसबाट हुने दुर्घटनाले मानवीय क्षति बढाउने गरेको देखिन्छ ।
  • तर ‘बीएमडब्ल्यू’ ले मोटरसाइकलमा रहेको यही कमजोरीलाई हटाउने गरी आफ्नो योजना सार्वजनिक गरेको छ ।

जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ । सामान्यतया मोटरसाइकल भन्नासाथ कम सुरक्षित सवारी साधन मानिन्छ, किनकि सामान्य लापरवाहीका कारण पनि ढल्न सक्ने भएका कारण यसबाट हुने दुर्घटनाले मानवीय क्षति बढाउने गरेको देखिन्छ । तर ‘बीएमडब्ल्यू’ ले मोटरसाइकलमा रहेको यही कमजोरीलाई हटाउने गरी आफ्नो योजना सार्वजनिक गरेको छ । अर्थात, उसले नढल्ने खालको मोटरसाइकल बनाउने भएको छ, जसले गर्दा मानवीय क्षतिको सम्भावनाको बारेमा चिन्ता नै गर्नु नपरोस् ।

मोटरसाइकल दुर्घटनामा हुने अधिकांश मानवीय क्षति मोटसाइकल पल्टिनाले हुने गर्दछ । तीब्र गतिको मोटरसाइकल चिप्लिएर वा ठोक्किएर ढल्दा त्यसमा सवार यात्रुको मृत्यु हुने वा अंगभंग हुने सम्भावना अत्यधिक हुन्छ । तर ‘बीएमडब्ल्यू’ ले तयार पारेको योजना अनुसार मोटरसाइकल तयार हुने हो भने त्यो मोटरसाइकल कुनै पनि हालतमा पल्टँदैन । तीब्र गतिमा समेत उक्त बाइक नढल्ने कम्पनीको दाबी छ । उक्त बाइकको नाम ‘मोटोरेड भिजन १ सय’ राखिएको छ । कम्पनीका अनुसार यो बाइक न सडकमा चिप्लने छ, न ढल्ने छ । यो बाइक कहिलेसम्म बजारमा उपलब्ध भइसक्ने हो भन्नेबारे कम्पनीले प्रष्ट पारेको छैन । तर कम्पनीले यो बाइकलाई आफ्नो महत्वाकांक्षी योजनाका रुपमा लिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि
झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
विमस्टेक शिखर सम्मेलन फलदायी भएको प्रधानमन्त्रीको निष्कर्ष
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित
माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु
तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
प्रदिप पाैडेललार्इ ५ भोटले हराउने आशा प्रदेश ४ को सभामुखमा एक मात्र माओवादीकी दाबेदार
प्रदिप पाैडेललार्इ ५ भोटले हराउने आशा प्रदेश ४ को सभामुखमा एक मात्र माओवादीकी दाबेदार
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग

तपाईंले छुटाउनुभयो कि?