राष्ट्रपति भण्डारी कतार पुगेपछि…
सारांश
- काठमाडौं ।
- राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक औपचारिक विदेश भ्रमणमा निस्केकी छिन् ।
- भण्डारी सोमबार नै कतार पुगी नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छिन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक औपचारिक विदेश भ्रमणमा निस्केकी छिन् । भण्डारी सोमबार नै कतार पुगी नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छिन् ।
कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गरेका हुन् । रात्रिभोजमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत सहभागी थिए ।
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डल सहित राष्ट्रपति भण्डारी सोमवारदेखि कतार भ्रमणमा निस्केकी हुन् । राष्ट्रपतिद्धारा दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया