भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा.
  • राजन भट्टराईले प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी भएको सनसनीपूर्ण खुलासा गरेका छन् ।
  • बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति चिनफिङलाई एक ठाउँमा राखेर रेल ल्याउने तयारी भएको सनसनीपूर्ण खुलासा गरेका छन् ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले प्रधानमन्त्री ओली छिट्टै भियतनाम, कम्बोडियालगायतको भ्रमणमा निस्किन लागेको पनि जानकारी दिए ।

ओली प्रधानमन्त्री भएपछि नेपालको कुटनीतिले फड्को मारेको पनि उनको दाबी छ । उनले भने,”अन्तर्रा्ष्टिय रुपमा नेपालको कुटनीतिक छबि, ख्याँति बढेको छ ।” भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपतिसँग नेपालले अत्यन्तै राम्रो सम्बन्ध बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?