झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
२८ पटक हेरिएको
Shares
झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ

सारांश

  • झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् ।
  • पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

वडा कार्यालयको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको थियो । वडाध्यक्ष अमरबहादुर गुरुङले आफू नभएको बेला वडा कर्मचारीले सिफारिश लेखिदिएको र सही गर्ने बेलामा शंका लागेर सोधपुछ गर्दा छिमेकीले समेत बुद्धि बहादुरको भाइ हो भनेकाले सिफारिश गरेको बताउनुभयो ।

बुद्धिबहादुर प्रजासँग प्रहरीले झुक्याएर नागरिकता लिएका व्यक्तिको विवरण खुलाएको छैन । कीर्ते नागरिकता लिने व्यक्तिको परिचय खुलाउन नसकिएको प्रहरी उपरीक्षक बैदवारको भनाइ छ । पक्राउ परेकाहरुबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षहरुलाई अनुसन्धानको दायरामा ल्याइने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट झुक्याएर नागरिकता लिएको प्रमाणित भएमा बेनिघाटरोराङ गाउँपालिका–१० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता प्रमाणपत्र खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै
अपडेटः आयो १५१ स्थानको नतिजा, एमालेको अग्रता कायमै
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित  हुम्लामा
सिमिकोट जमुनाहा रेलमार्ग अध्ययनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री चिनियाँ टोलीसहित हुम्लामा
निःशुल्क आँखा शिविर
निःशुल्क आँखा शिविर
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रहरी
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
आयोजकले सेक्स प्रस्ताव राखेपछि रातारात नाम चेन्ज गरियो : मोडल न्यौपाने
‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी
प्रचण्डलार्इ यस्तो राखिन सुष्मा स्वराजले जिज्ञासा
प्रचण्डलार्इ यस्तो राखिन सुष्मा स्वराजले जिज्ञासा
सरकार आफै रेल किनेर चलाउने तयारी : मन्त्री महासेठ
सरकार आफै रेल किनेर चलाउने तयारी : मन्त्री महासेठ
सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता
सोलुखुम्बु मा १ जना को मृत्यु १ जना वेपत्ता

तपाईंले छुटाउनुभयो कि?