राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

सारांश

  • काठमाडौँ, २० पुस ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन् ।
  • पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो ।

काठमाडौँ, २० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन् ।

पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो ।

सो टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ ।

टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिकको मतपरिणाम चाँडो सार्वजनिक नगरेकामा विरोध प्रदर्शन गर्दा आफूहरुलाई दबाब महसुस भएको जनाएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति गर्नुपर्ने अवस्था हो भने आयोगले नै त्यसको पहल गरेर सहमतिको वातावरण जुटाई आवश्यक काम गर्न सल्लाह दिएकी थिइन् ।

गत मंसिर १० र २१ गते भएको निर्वाचनमा बहुमत ल्याएको वाम गठबन्धनले परिणाम सार्वजनिकमा ढिलाइ नगरी नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न माग गर्दै आएको छ भने आयोगले राष्ट्रियसभाको निर्वाचन नभई संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुन नसक्ने जनाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?