राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने

सारांश

  • काठमाडौं ।
  • देशका उच्च तहमा रहेका भिभिआइपीदेखि नेताहरुले विदेश उपचारमा राज्यबाट करोडौं खर्च लिएको निकै टिप्पणी आउने गर्छ ।
  • अबदेखि राष्ट्रपति, सांसददेखि राजनीतिक दलका उच्च नेतासम्मले विदेशमा गएर गरेको उपचारको खर्च राज्यबाट नपाउने भएका छन् ।

काठमाडौं । देशका उच्च तहमा रहेका भिभिआइपीदेखि नेताहरुले विदेश उपचारमा राज्यबाट करोडौं खर्च लिएको निकै टिप्पणी आउने गर्छ । अबदेखि राष्ट्रपति, सांसददेखि राजनीतिक दलका उच्च नेतासम्मले विदेशमा गएर गरेको उपचारको खर्च राज्यबाट नपाउने भएका छन् ।

कानुनले विदेशमा उपचार गर्ने नेताहरुलाई राज्यले उपचार खर्च उपलब्ध गर्न रोक्ने भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको जनस्वास्थ्य सेवा सम्बन्धमा बनेको विधेयकमा विदेशमा गरिने उपचारको खर्च राज्यले व्यहोर्नु नपर्ने दफा राखिएको छ । विदेशमा उपचार गर्न जाने नेताले कानुन अनुसार कुनै रकम पाउने छैनन् ।

परिमार्जन सहितको विधेयक बिहिबार संसदमा पेश भएको छ। यसअघि विधेयकमा यस्तो व्यवस्था गरिएको थिएन । यो विधेयक शुक्रबार पारित हुने सम्भावना छ । अबदेखि कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचारको बिलबाट भुक्तानी पाउने छैनन् । यसले स्वदेशमै उपचार गर्नुपर्ने वाध्यता बनाइएको हो । स्वदेशमा भएको उपचार खर्च भने राज्यले व्यहोर्नेछ ।

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा उपचार गराउनेलाई खर्च दिन नहुने भन्दै संशोधन हालेका थिए। विदेशमा उपचार गराउने नेताहरुको लागि राज्यले करोडौं खर्च गर्दै आइरहेको अवस्थामा यस प्रकारको नयाँ विधेयकले गुनासो कम हुने देखिएको छ ।

विधेयकको दफा २९ मा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सरकारबाट कुनै पनि रकम उपलब्ध गराइने छैन भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?