रुसी हमलामा ९ हजार युक्रेनी मारिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
रुसी हमलामा ९ हजार युक्रेनी मारिए

सारांश

  • किभ।
  • रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन्।
  • रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन-चीफ भ्यालेरी जालुज्नीले बताए।

किभ। रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन्। रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन-चीफ भ्यालेरी जालुज्नीले बताए।

भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन्। उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९,००० नायकहरूमध्ये हुन सक्ने उनले बताए।

झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरुले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन्। यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा ३ हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?