राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता

सारांश

  • काठमाडौं ।
  • रुसको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।
  • रुसी उपल्लो सदनको निमन्त्रणामा रुसको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनबीच आज भेटवार्ता भएको हो ।

काठमाडौं । रुसको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।

रुसी उपल्लो सदनको निमन्त्रणामा रुसको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र डुमाका अध्यक्ष भोलोडिनबीच आज भेटवार्ता भएको हो ।

भेटवार्तामा उनिहरुबीच दुई देशबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तक्र्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले दुई देशको बीचमा विश्वासको वातावरण बढाउन तथा आपसी सहयोग अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले अन्तर–संसदीय सहयोग बढाउँदै नेपालमा मलखाद तथा गहुँको निर्यात गर्नका लागि रुसले देखाएको रुचिप्रति कृतज्ञता ज्ञापन पनि गरेका छन् । उनले नेपालले अन्तर्राष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दै आएको स्पष्ट पारेका छन् ।

डुमाका अध्यक्ष भोलोडिनले संसदीय अनुभव आदनप्रदानका लागि यस्ता भ्रमणलाई निरन्तरता दिँदै जाने र भविष्यमा निम्तो पाएमा नेपालमा पनि रुसी प्रतिनिधिमण्डल आउन इच्छुक रहेको बताएका थिए।

यसैगरी अध्यक्ष तिमिल्सिनाले आजै रुसका विभिन्न राजनीतिक दलका नेतृत्वसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । मस्कोस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानका विद्यार्थीलाई सम्बोधन र रुसमा रहेका गैरआवासीय नेपालीको कार्यक्रमसमेत सहभागी हुनेछन् ।

(nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय व्यापारीद्वारा नेपालीमाथि कुटपिट
भारतीय व्यापारीद्वारा नेपालीमाथि कुटपिट
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी
अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी
प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या
प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
धनतेरसको दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?
धनतेरसको दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?
मंसिर ७ गते शनिबारको राशिफल यस्तो छ
मंसिर ७ गते शनिबारको राशिफल यस्तो छ
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,