महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘

सारांश

  • स्थानीय तह चुनावको लागि मतगणना भइरहेको स्थलमा समाचार संकलनमा गएका सञ्चारकर्मीलाई प्रवेश निषेध गरिँदा समस्या भएको छ ।
  • जिल्लाको विभिन्न मतगणनास्थलमा कार्यरत सुरक्षाकर्मी र निर्वाचन कार्यालयका पदाधिकारीले स्थानीय पत्रकारलाई प्रवेश गर्नमा रोक लगाएका छन् ।
  • यस सम्बन्धमा महोत्तरीका प्रमुृख जिल्ला अधिकारी वावुराम श्रेष्ठसँग कुराकानी गर्दा निर्धक्क भएर पत्रकारले अनुगमन गर्न सकिने, यसमा कुनै रोकतोक छैन भनी जवाफ दिनुभयो ।

स्थानीय तह चुनावको लागि मतगणना भइरहेको स्थलमा समाचार संकलनमा गएका सञ्चारकर्मीलाई प्रवेश निषेध गरिँदा समस्या भएको छ । जिल्लाको विभिन्न मतगणनास्थलमा कार्यरत सुरक्षाकर्मी र निर्वाचन कार्यालयका पदाधिकारीले स्थानीय पत्रकारलाई प्रवेश गर्नमा रोक लगाएका छन् ।

यस सम्बन्धमा महोत्तरीका प्रमुृख जिल्ला अधिकारी वावुराम श्रेष्ठसँग कुराकानी गर्दा निर्धक्क भएर पत्रकारले अनुगमन गर्न सकिने, यसमा कुनै रोकतोक छैन भनी जवाफ दिनुभयो । पत्रकारहरु कुनै पनि समयमा मतगणना स्थलमा भइरहेको गतिविधीको निरिक्षण गर्न सकिने उहाँले बताउनुभयो । जिल्लास्थित निर्वाचन कार्यालयमा फोकल पर्सनलाई निर्वाचन गतिविधीको सम्बन्धमा सूचना सार्वजनिक गर्न आदेश दिएको बताउनुहुँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकारलाई समाचार संकलनको लागि रोक्न नहुने प्रतिक्रिया दिनुभयो ।

यता यो समाचार तयार गर्दासम्म जिल्लास्थित मुख्य निर्वाचन अधिकारी पिंकी राय र मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेललाई बारम्बार सम्पर्क गर्दा उहाँहरु सम्पर्कमा आउन चाहनुभएन ।

पत्रकारहरु मतगणनास्थलमा पुग्न नपाएपछि सर्वसाधरणले मतपरिमाण बुझ्न सकेका छैनन् । महोत्तरीको सोनमा गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना कार्यक्रम जारी रहेता पनि अहिलेसम्म मतपरिमाण सार्वजनिक नगरेको नेकपा एमालेका स्थानीय नेता अनिल कुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए
सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए
एकजना न्यायाधीशले भान्सेको पनि तलब बुझ्छन्
एकजना न्यायाधीशले भान्सेको पनि तलब बुझ्छन्
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण
पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण
निगम नेतृत्वले कमिसन खान खोज्दा वाइडबडीको जापान उडान स्थगित(भिडियोसहित)
निगम नेतृत्वले कमिसन खान खोज्दा वाइडबडीको जापान उडान स्थगित(भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?