नेकपा एकीकृत समाजवादी पदाधिकारी चयनमा सकस

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
नेकपा एकीकृत समाजवादी पदाधिकारी चयनमा सकस

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशन सम्पन्न भएको छ ।
  • महाधिवेशन शुक्रबार नै सम्पन्न भए पनि विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन हुन सकेको छैन ।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन शुक्रबार नै सम्पन्न भए पनि विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिले सर्वसम्मतीमा निर्वाचित ९३ सदस्यीय केन्द्रीय समितिलाई विधानअनुसार पदाधिकारी र सदस्य चयन गर्न अनुमति दिएको छ ।

महाधिवेशन सम्पन्न भएपछि शनिबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कमिटीको बैठक बस्यो । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । हाललाई पार्टीको काम अगाडि बढाउन पहिला जो नेता जुन जिम्मेवारीमा थिए सोही जिम्मेवारीमा रहेर अन्तरिमकालसम्म काम गर्न निर्णय भएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिने’boutमा मापदण्ड तोकेर छलफल अगाडि बढेको बताए । केन्द्रीय कमिटीलाई पूर्णता दिएर केही दिनभित्रैमा पदाधिकारीको समेत टुंगो लाग्ने उनले बताए ।

महाधिवेशनपछिको केन्द्रीय कमिटीको पहिलो बैठकले विद्यानअनुसार २ सय ९९ जनाको केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारीलाई पूर्णता दिने निर्णय गरेको उनले बताए । महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मतमा चयन गरेको थियो । महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । बाँकी सदस्यहरू केन्द्रीय कमिटीले टुंगो लगाउँने म्यान्डेट महाधिवेशनबाट पाएको छ ।

पार्टी विधानअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (महिला), उपाध्यक्ष (मधेसी समुदाय), खुला चार उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव (दलित समुदाय, आदिवासी जनजाति समुदाय एक÷एक अनिवार्य) चयन गर्न बाँकी रहेको छ । त्यस्तै २ सय ६ केन्द्रीय सदस्यसमेत टुंगो लगाउँन बाँकी छ । पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षी अत्यधिक रहेकाले टुंगो लगाउन सकस परेको छ ।

खुला, महिला, मधेसी, आदिवासी जनजाति, दलित, युवा आरक्षणसहितका कलस्टर मिलाएर केन्द्रीय सदस्य चयन गर्नुपर्नेहुन्छ । नेताहरूको उमेर हदबन्दी हटाएको एकीकृत समाजवादीले युवा आरक्षणको व्यवस्था गरेर युवालाई समेत केन्द्रीय कमिटीमा समेट्न लागेको छ ।

१६ देखि २१ असारसम्म महाधिवेशन काठमाडौंस्थित कमलादीमा भएको थियो । महाधिवेशनमा १८ सय ४९ प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज परिमार्जनसहित पारित भएको छ । विभिन्न समूहमा समूहगत छलफल गर्दै आएको सुझाव प्रतिवेदनमा उल्लेख गर्नेगरी पारित भएको हो । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
आसमा बित्यो तीन वर्ष, अझै कति…
आसमा बित्यो तीन वर्ष, अझै कति…
नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’
सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते
सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !
जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू
जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत
बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत

तपाईंले छुटाउनुभयो कि?