एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२० पटक हेरिएको
Shares
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।

सारांश

  • सुर्य प्रसाद अधिकारी असार १९, चितवन।
  • चितवन जिल्लामा नयांँ एचआइभी संक्रमितको संख्या घट्दै गएका छन भने पुराना संक्रमितहरु उपचार गर्न आउने संख्यामा भने बृद्धि भएको छ ।
  • यो रोगको उपचारको अत्याधुनिक प्रविधि भित्रिएसंगै र उपचार हुने सचेतना फैलिएसंगै उपचार गर्न आउने नयांँ संक्रमितको संख्या घटेको हो भने पुराना संक्रमितको संख्या  बढेको हो ।

सुर्य प्रसाद अधिकारी असार १९, चितवन।

चितवन जिल्लामा नयांँ एचआइभी संक्रमितको संख्या घट्दै गएका छन भने पुराना संक्रमितहरु उपचार गर्न आउने संख्यामा भने बृद्धि भएको छ । यो रोगको उपचारको अत्याधुनिक प्रविधि भित्रिएसंगै र उपचार हुने सचेतना फैलिएसंगै उपचार गर्न आउने नयांँ संक्रमितको संख्या घटेको हो भने पुराना संक्रमितको संख्या  बढेको हो । भरतपुर अस्पताल, चितवनले दिएको जानकारी अनुसार सन् २०१६ मा यस अस्पतालमा १५८३३ जनामा  गरिएको परीक्षण मध्ये ७४ जनामा एचआइभी संक्रमण पाइएको थियो यस्तै २०२४ जना क्षयरोगी को आरटीपी (र्यापिड टेस्ट फर डट्स) गरिएको मध्ये ५ जना मा एचआइभी संक्रमण भेटिएको थियो यसैगरी २०१७ को जुन सम्ममा ७१४८ मा गरिएको परीक्षण  मध्ये ४२ जनामा एचआइभी संक्रमित भेटिएको छ । यस्तै ४९१ क्षयरोगी बिरामीको आरटीपी जांँच गरिएको मध्ये ५ जनामा एचआइभी संक्रमित भेटिएको छ । पछिल्लो तथ्यांक अनुसार जिल्लामा औषधी सेवन गरिरहेका  एचआइभी पुरुषको संख्या २२५ , महिलाको संख्या ३४० बच्चाको संख्या ६३ र तेस्रो लिंगीको संख्या ३ रहेका छन ।
नेपाल सरकारले एचआईभ पोजेटीभ भेटिएका संक्रमितहरु भेटिए लगत्तै औषधि सेवन गराउने निर्णय गरे संगै जिल्लामा ७३ जना एचआईभि एड्स पोजेटिभहरुले औषधि सेवन सुरु गरेका छन् । एड्स हेल्थ फाउण्डेसन नेपाल चितवनले दिएको जानकारी अनुसार सन २०१७ मा मात्र भेटिएका ४७ जना एच आई भि संक्रमितहरु सहित ७३ जनाले औषधि सेवन सुरु गरेका हुन ।
पछिल्लो समय जनचेतना  र यसको उपचारपद्धतिबाट आफूहरु स्वस्थ रहने जानकारी पाएपछि संक्रमितहरु खुलेर उपचार गर्न आएको सो फाउण्डेसनका बिशेषज्ञ डा. उन्नत श्रेष्ठले जानकारी दिए। उनको भनाई अनुसार एचआइभी परीक्षण र उपचारमा निशुल्क परामर्श एवं उपचार गर्न पाएपछि पुराना संक्रमितहरु उपचारको लागि आउने गरेको उनको तर्क छ ।
एड्स रोग संक्रमित स्थानीय नाउंँ परिवर्तन पार्वती राइले  १० बर्ष अघि श्रीमान भारतबाट फर्किए लगतै आफूलाई एचआइभी सरेको बताइन । शुरुका बर्षहरुमा आफू निराश भएतापनि हाल नियमित औषधी सेवन गरेको र आत्मबलका कारण आफू स्वस्थ रहेको अनुभव सुनाइन । संक्रमित भएपछि उनले एक छोरा जन्माएकी छिन । सो बच्चाको परीक्षण पश्चात एचआइभी नेगेटिभ देखिएको  छ ।
सन २०१६ सम्ममा सरकारले एच आई भि परिक्षणमा पोजेटिभ भेटिए पनि सरकारले  सिडिफोर ५ सय भन्दा कम भएका संक्रमितहरुलाई मात्र औषधि सेवन गराउदै आएको थियो । तर सन २०१७ मा भने औषधि सेवन पछि मात्र यो परिक्षण गर्न लागे सगैं औषधि सेवन गर्नेको संख्यामा वृद्धि भएको हो । बिरामीलाई पछि कुनै रोगले संक्रमण नगरोस, औषधि सेवन गर्न नपाई विरामीको मृत्यु नहोस भन्ने उद्धेश्यले अहिले विश्व स्वास्थ्य संगठनले रोगको संक्रमण भेटिए लगत्तै औषधि सेवन गराउने गरेको एआरटी(बहुउपचार पद्धति) सेन्टरका बिशेषज्ञ डा. श्रेष्ठले जानकारी दिए । अहिले यस सेन्टरमार्फत ७ सय ३१ जनाले औषधि प्रयोग गर्दै आएका छन् ।
यस सेन्टरमा अहिले सम्म एच आई भि संक्रमित १ हजार ४ सय ६४ जना दर्ता भई सकेका छन् । सन २०१६ सम्ममा एच आई भि परिक्षणका लागि दुई चरणमा मात्रै काम हुने गरेकोमा अहिले तिन चरणमा परिक्षण गरीने गरिएको छ  । जस अनुसार प्रथम चरणमा रोगको  डिटरमाईन्ड दोस्रो चरणमा युनिगोल्ड चरण मात्र एच आई भि परीक्षण गर्ने गरेकोमा  अहिले यसमा थप स्टाटप्याक समेत परिक्षण गर्न थालिएको हो ।  डिटरमाईन्ड र युनिगोल्डमा एच आई भि परिक्षण गर्दा पोजेटिभ भेटिएमा स्टाटप्याक परिक्षण गरीने र स्टाटप्याकमा पोजेटिभ नभेटिए उनिहरुलाई संक्रमणको सुचीमा नराखिने डा.श्रेष्ठको भनाई छ ।
अहिले विश्व स्वास्थ्य संगठनले एचआईभि संक्रमित आमाबाट जन्मिएका वच्चाहरुको परिक्षण बच्चा जन्मिएको ४८ घण्टा भित्र गर्ने गरि निर्देशिका वनाएकाले यहाँ पनि सोहि अनुसार काम भईरहेको अस्पतालले जनाएको छ । संक्रमित विरामीहरुको पहिचान गर्न सहज होस भनेर यसो गरिएको हो ।  पहिला वच्चा जन्मिई सकेपछि ४२ दिन पछि मात्र डिएनए, पिसिआर परिक्षण गर्ने गरिन्थ्यो । जसले गर्दा कतिपय बच्चाको रोगको वास्तबिकता थाहा नहुने भएकाले अहिले जन्मीएको समय देखि ४८ घण्टा भित्र परिक्षण गर्ने गरीएको अस्पतालले जानकारी दिएको छ ।

चितवनमा रहेका एचआइभी प्रभावित क्षेत्र
चितवनको माडी , नारायणगढ, रत्ननगर, जुटपानी, पदमपुर, मंगलपुर, मेघौलि क्षेत्रका बिरामीहरुमा  वढी मात्रामा एचआई भि एड्सको संक्रमण भेटिएको एएचएफ चितवनका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार संक्रमित भेटिएकाहरु मध्ये सबै भन्दा बढी प्रभावित क्षेत्र माडी दोस्रोमा नारायणगढ र तेस्रो स्थानमा रत्ननगर क्षेत्रमा एचआइभी संक्रमितको संख्या बढी भएको पाइएको छ । बिशेषगरी ६४ प्रतिशत न्यून आय, गरीबी र अशिक्षित समुह प्रभाबित रहेको अस्पतालको तथ्यांक छ ।  नेपालको बिभिन्न स्थानमा रहेर काम गर्ने आप्रबासी कामदार र भारतबाट कामगरेर फर्किएका नेपालीहरुमा  वढी मात्रामा यसको संक्रमण भेटिने गरेको कार्यक्रम संयोजक सापकोटाको भनाई छ ।
सन २०१६ को तथ्याङ्क अनुसार नेपालमा अहिले ३२ हजार ७ सय ३५ जना एच आई भि संक्रमित रहेका छन् भने १३ हजार ६९ जनाले एआरटीको औषधि सेवन गर्दै आएका छन् ।

कुष्ठरोगीको संख्या बढ्यो

जिल्लामा कुष्ठरोगिको संख्या तुलनात्मक रुपमा  वढेको पाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ६० जना, २०७२÷०७३ मा  ७३ जना र चालु आर्थिक वर्षको दुई चौमासिकमा ७४ जनामा कुष्ठरोग भेटिएको छ ।
मानिसको आवतजावत र जनघनत्व  वढ्दै गएकाले  यहाँ कुष्ठरोगको संक्रमण वढ्दै गएको कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दवाडीले बताए। बढ्दो शहरीकरण गरीबी, वसाईसराई जस्ता कारणले संक्रमण वढ्दै गएको उनको भनाई छ । कार्यलयले दिएको पछिल्लो तथ्याङ्क अनुसार भरतपुर महानगरपालीकामा पनि कुष्ठरोगिको संख्या वढि रहेको छ । जहाँ ५२ जना कुष्ठरोगी रहेका छन् ।
माईक्रो व्याक्टेरीयम लेप्रे नामक किटाणुका कारण लाग्ने यो रोग सरुवा रोग भएकाले मानिसको ओहोर दोहोर वढी हुने स्थानमा वढी मात्रामा पाइने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?