सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह

सारांश

  • काठमाडौँ, २६ साउन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
  • सो विश्वविद्यालयको छैटौँ सभामा आज सम्बोधन गर्दै उहाँले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

सो विश्वविद्यालयको छैटौँ सभामा आज सम्बोधन गर्दै उहाँले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गर्नुभएको हो । सो विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिन पनि प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विकासका दृष्टिले सधँै पछाडि परेको क्षेत्रको विश्वविद्यालयले आफ्ना योजनाअनुसार कार्यक्रम अघि बढाओस्, सरकार आवश्यक सहयोग गर्न तयार छ ।” प्रधानमन्त्री विश्वविद्यालयको कुलपति पनि हुनुहुन्छ ।

सो अबसरमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सो विश्वविद्यालयका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

बहुविश्वविद्यालयको अवधारणा बमोजिम २०६७ सालमा कञ्चनपुरको पुनर्वासमा रहेको ६२ बिगाहा जमिनमा स्थापित सो विश्वविद्यालयले व्यवस्थापन, मानविकी, शिक्षा र सामाजिक शास्त्र संकायमा स्नातक र स्नातकोत्तर तथा इञ्जिनियरिङ र विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ । आउँदो मंसिरमा हुने पहिलो दीक्षान्तमा करिब ४०० विद्यार्थी सहभागी हुनेछन् ।

विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठले यस वर्षदेखि दीक्षान्त समारोहको आयोजना हुने र कृषि संकायको अध्ययन अध्यापन शुरु गरेको बताउँदै माग गरिएको बजेट निकासाका लागि सरकारसँग आग्रह गर्नुभयो । सो विश्वविद्यालयले गत आवमा १५ वटा क्याम्पसलाई आंगिक बनाउन रु १९ करोड विनियोजन गरेकामा दरबन्दी प्राप्त नभएकाले रोकिएको छ ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले विश्वविद्यालयले यसअघि निर्णय गरेर पनि १५ क्याम्पसलाई आंगिक नबनाएकामा चिन्ता व्यक्त गर्दै सरकारले आवश्यक बजेट दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?