तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने निगम घट्दा महिनौ दिन देखि चुपचाप

सारांश

  • काठमाडौ : अन्तराष्ट्रिय बजारमा थोरै तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने आयल निगम घट्दा महिनौ दिन देखि चुपचाप वसेको छ ।
  • पछिल्लो एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ ।
  • भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ ।

काठमाडौ : अन्तराष्ट्रिय बजारमा थोरै तेलको मुल्य वढ्दा एकै दिनमा मुल्य वढाउने आयल निगम घट्दा महिनौ दिन देखि चुपचाप वसेको छ । पछिल्लो एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ ।

भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।

आयल निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पाेरेसन (आइओसी)ले एक महिनायता हरेक दिन तेलको मूल्य घटाएको छ । यसरी भारतीय बजारमा एक महिनामा २८ दिनसम्म लगातार मूल्य घटेको छ । आइतबार पेट्रोल २० पैसा र डिजेल १८ पैसा भारु प्रतिलिटर घटाएको छ ।

आइओसीले नेपाल पठाउने तेलको मूल्य पनि घटाएको छ । निगमले १५ कात्तिक (१ नोभेम्बर) मा पेट्रोल ६७.९३ रुपैयाँ र डिजेल ७८.०२ रुपैयाँ प्रतिलिटरमा रक्सौल नाकामा खरिद गरेको थियो । ३० कात्तिकमा पेट्रोल ६१.१५ रुपैयाँ र डिजेल ७२.९६ रुपैयाँमा खरिद गरेको छ । यसरी १५ दिनमा पेट्रोल ६.७८ रुपैयाँ र डिजेल ५.०६ रुपैयाँ सस्तोमा निगमले खरिद गरेको छ । तर नेपाली जनतालाई पुरानै दरमा दिएको छ ।

हिजो सोमबार अन्तराष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको थियो । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो ।

नेपालमा आयल निगमले आइओसीबाटै तेल किन्ने भएकाले भारतमा मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्छ । एक महिनामा आइओसीले दुईपटक मूल्य घटाएर पठाइसकेको छ । तर निगमले मूल्य समायोजन गरेको छैन ।

समीप गौतम शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि
चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा
चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा
सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
बिकृति फैलाउदै  सर्ट मूभी धन्दा…
बिकृति फैलाउदै सर्ट मूभी धन्दा…
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ :  गृहमन्त्री श्रेष्ठ
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ