आज घटस्थापना, घर घरमा जमरा राखिदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १, २०७७
|
|
२४ पटक हेरिएको
Shares
आज घटस्थापना, घर घरमा जमरा राखिदै

सारांश

  • बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् ।
  • पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।
  • घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा सुनील सिटौलाले बताएका छन् ।

बडादशैँको सुरु दिन शनिबार समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा सुनील सिटौलाले बताएका छन् । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना हुने भएको छ ।

यो बर्ष ११ः४६ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिने भएको छ ।

सोही साइतमा हनुमान ढोका दरबारको दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गरिने भएको छ । दशैँ घरका मूल पुरोहित देवराज अर्यालले बिहानको ११ः४६ को साइतमा घटस्थापना गरिने बताए । विगत दुइ दर्शक लामो समय पुरोहितको काम गर्दै आएका अर्यालले यस बर्ष कोरोना भाईरसको जोखिम भएको कारण विधिपुर्वक मात्रै सामान्य पुजा गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम-२ मा को ?
इलाम-२ मा को ?
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
सुन निकाल्नै सास्ती, राख्नलाई पनि समस्या
सुन निकाल्नै सास्ती, राख्नलाई पनि समस्या
ह्यातुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै
ह्यातुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै
दशैं बिदामा ३ दिन काटियो, नयाँ दिवस थपियो, पृथ्वीजयन्ती पनि खारेज
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र

तपाईंले छुटाउनुभयो कि?