रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०८०
|
|
३० पटक हेरिएको
Shares
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ ।
  • जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।

रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिम, डा तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको जनाएको छ ।

यसैगरी शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी काङसकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ ।

“नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
बाबुरामको प्रश्न ? ओली आफ्नो कुबाटोमा दृढ छन्स अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
८० वर्षे बाजेबज्यैको फर्कियो जोवन, जीवन शर्मासँगै मञ्चमा उक्लिएर नाचे यसरी (हेर्नुस् तस्वीरमा)
बालिका जबरजस्ती करणी गर्न खोज्ने भारतीय नागरिक पक्राउ
बालिका जबरजस्ती करणी गर्न खोज्ने भारतीय नागरिक पक्राउ
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने

तपाईंले छुटाउनुभयो कि?