पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न

सारांश

  • उदयपुर २,बैसाक।
  • बन्धुत्वको विकासका लागि स्थापना गरिएको पुवाँर खड्का सेवा समाज उदयपुरको पहिलो साधारणसभा सम्पन्न भएको छ ।
  • जनज्योति माध्यमिक बिद्यालय त्रियुगा नगरपालिका ७ चुहाडेमा सम्पन्न साधारणसभामा कोषाध्यक्ष कीर्तिबहादुर खड्काले प्रस्तुत गर्नु भएको आयव्यय र भावि रणनीति सर्वसहमतिबाट पारित गरिएको हो ।

उदयपुर २,बैसाक। बन्धुत्वको विकासका लागि स्थापना गरिएको पुवाँर खड्का सेवा समाज उदयपुरको पहिलो साधारणसभा सम्पन्न भएको छ ।
जनज्योति माध्यमिक बिद्यालय त्रियुगा नगरपालिका ७ चुहाडेमा सम्पन्न साधारणसभामा कोषाध्यक्ष कीर्तिबहादुर खड्काले प्रस्तुत गर्नु भएको आयव्यय र भावि रणनीति सर्वसहमतिबाट पारित गरिएको हो ।
भेलामा संस्थालाई योगदान पुर्याउनु हुने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । संस्थाले बन्धुत्वको विकास र अफ्ट्यारो अबश्थामा परेको बेला न्युन व्याजदरमा ऋण प्रवाह, मराउ परेका बेला सघाउ, क्षमतावान सन्ततीको बृद्धिविकासका लागि सहयोग जस्ता कार्यक्रम रहेको अध्यक्ष भगिरथ खड्काले बताए ।
सहकारीको माध्यमबाट सञ्चालित उक्त संस्थालाई जिल्लाका सबै क्षेत्रमा विस्तार गर्नु पर्ने जोड दिएका थिए । उनीहरुले जिल्ला तहको मातहतमा रहने गरी केन्द्रसँग परमर्श गरी नगर र गाउँपालिकासम्मको संरचना निर्माण गर्न सुझाब दिए । उनीहरुले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमासमेत स्थापित हुने गरी वन्धुत्वको विकास हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता अर्जुन खड्काले खड्का सेवा समाज कुनै जातिविशेष विरुद्ध नभई विशुद्ध आफ्ना बन्धुहरुको विकास र एकताका लागि खोलिएको संस्था भएको बताए । उनले भावनात्मक एकताविना बन्धुत्वको विकास नहुने भएकाले भावनाको सुत्रमा बाँधिन सबैलाई आग्रह गरे । मर्दा र पर्दाको सारथी आफ्नो दाजु भाई नै भएकाले छरिएर रहेका बन्धुहरुलाई संगठित हुन आग्रह गरे ।
त्यसैगरी अर्का काँग्रेसका नेता तथा उदयपुर सिमेण्ट उद्योगका अध्यक्ष अंक्रुर खड्काले भाईबन्धुहरुको उत्थानका लागि संस्थाले भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । उनले एकता नै वल भएकाले सामाजिक सद्भाव कायम राख्दै भाईचाराको विकास गर्नु पर्ने अहिलेको आबश्यकता भएको बताए ।
कार्यक्रममा त्रियुगा नगरपालिका ११ ढिम्किमन्दिरमा स्वर्गिय लालबहादुर खड्काले उपलब्ध गराएको २ कठ्ठा जग्गामा भवन निर्माण गरी कार्यालय सञ्चालन, जग्गादाता लालबहादुरको परिवारलाई सम्मान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सप्ताव्यापी पुराणको आयोजना गरी संकलन गरिएको रकमबाट चौदण्डीगढी नगरपालिका वडानं ६ स्थित त्रियुगा नदी किनारामा निर्माण गरिएको मलामी विश्राम कंक्ष मर्मतकार्य गर्ने, खड्काहरुको लगत संकलन, वंशावली तयार, डाईरेक्ट्री प्रकाशन, गोठको धुप, देवाली जस्ता महत्वपूर्ण संस्कृति संस्कारलाई एकरुपता कायम गर्ने लगायतको निर्णय गरिएको संस्थाका सचिब शरदकुमार खड्काले जानकारी दिए ।

(https://www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?