राेचक : युवती अचानक भइन् बिमारी, पेटमा रहेछन् तीन बच्चा
सारांश
- वाशिंगटन्।
- अमेरिकामा बस्ने एक युवतीले केही दिनदेखि आफ्नो स्वास्थ्य ठिक नभएको महशुस गरेकी थिइन्।
- त्यसपछि उनी उपचार गर्नको लागि डाक्टरकहाँ पुगिन्।
वाशिंगटन्। अमेरिकामा बस्ने एक युवतीले केही दिनदेखि आफ्नो स्वास्थ्य ठिक नभएको महशुस गरेकी थिइन्। त्यसपछि उनी उपचार गर्नको लागि डाक्टरकहाँ पुगिन्। त्यहाँ उनलार्इ आफू गर्भवतीभएको थाहा भयो। जब उनको बच्चा जन्माउने समय आयो, उनले तीन बच्चालाई जन्म दिइन्।
वाशिंगटनको सुन्दरल्याण्ड युनिभर्सिटीमा पढ्ने २० वर्षीय क्लो बेट्सलाई गर्भवती भएको केही महिनापछि रिंगटा लाग्ने र कमजोरी महशुस हुन थाल्यो। त्यसपछि उनी डाक्टरकहाँ पुगिन्। त्यो बेलासम्म उनलाई आफूँ गर्भवती छु भन्ने थाहा थिएन्। डाक्टरले गर्भवती भएको कुरा सुनाए पछि उनी अचम्मित भइन्।
तर आफूँ तीनवटा बच्चाको आमा बन्न लागेको कुरा थाहा पाएपछि उनी निकै खुशी भइन्।
क्लोले अघिल्लो वर्ष २६ नोभेम्बरमा तीनवटा बच्चा ज्याक्सन्, एलाना र आरियालाई जन्म दिएकी थिइन्। तीनवटैको जन्म ३३ हप्ताको गर्भपछि भएको थियो। अहिले उनीहरुको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया