नेपालीमा माओको शव हेर्ने आकर्षण
सारांश
- बेइजिङ, पुस १० ।
- चीन भ्रमणमा आएका नेपालीका लागि ग्रेटवालजत्तिकै महत्वको विषय माओ चतुङको शव हेर्ने इच्छा पनि हो।
- बेइजिङ आइपुगेका नेपाली एकपटक माओको शव हेरेर श्रद्धाञ्जली दिन चाहन्छन्।
बेइजिङ, पुस १० । चीन भ्रमणमा आएका नेपालीका लागि ग्रेटवालजत्तिकै महत्वको विषय माओ चतुङको शव हेर्ने इच्छा पनि हो। बेइजिङ आइपुगेका नेपाली एकपटक माओको शव हेरेर श्रद्धाञ्जली दिन चाहन्छन्।
सन् १९७६ सेप्टेम्बर ९ मा निधन भएका माओको शवलाई बेइजिङको केन्द्र भागमा रहेको थिआन आनमन स्क्वायरको दक्षिणपट्टिको भवनमा संरक्षणका साथ राखिएको छ।
माओको शव राखिएको ‘माओभवन’ सोमबारबाहेक हरेक दिन बिहान सात बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ। माओको जन्मदिन र मृत्युदिनमा चाहिँ अपराह्न २ बजेदेखि ४ बजेसम्म पनि खुल्छ। माओभवन पुग्ने नेपाली घन्टौं लाममा बसेर माओको शवको अवलोकन गर्छन्।नागरिक दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया