प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
सारांश
- काठमाडौं, २१ बैशाख ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा.
- बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रस्ताव गरेका छन् ।
काठमाडौं, २१ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रस्ताव गरेका छन् ।
एमाले–माओवादी एकतामा विलम्ब भएपछि प्रचण्डले बाबुरामसँग साँठगाँठ मिलाएका छन् । पछिल्लो दुई हप्ता यता प्रचण्डले बाबुरामसँग पटकपटक भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली एकताप्रति नरम नभएको पाएपछि प्रचण्ड ओलीसँग सशंकित बनेका छन् ।
प्रचण्डले यही बिचमा बाबुरामसँगको भेटघाटलाई तिव्रता दिएका छन् । स्रोतका अनुसार प्रचण्डले बाबुरामलाई माओवादी केन्द्रमै फर्किनको लागि आग्रह गरेका छन् । त्यसको लागि उनले बाबुरामलाई सह–अध्यक्ष समेत दिने आश्वासन दिएका छन् ।
बाबुरामलाई प्रचण्डले आग्रह गरेको भनार्इृ उद्धृत गर्दै स्रोतले भन्यो,‘अब मिलेर जानुको विकल्प छैन, मुलुकमा समृद्धि हाँसिल गर्नको लागि पनि हामी मिलेर अघि बढनुपर्छ, तपाई सह–अध्यक्ष बन्नुहोस्।’ यद्धपी बाबुरामले प्रचण्डको प्रस्ताव सकारात्मक भएपनि यसको बारेमा आगामी दिनमापनि छलफल अघि बढाउने जवाफ दिएका थिए ।
प्रचण्डले बाबुरामसँग एकतको प्रयास जारी राखिरहेको बेला बाबुराम स्वयम भने यतिवेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग नयाँ शक्तिको एकता गर्ने भन्दै आन्तरिक छलफलमा व्यस्त छन् । स्रोतका अनुसार प्रचण्डले बाबुराम, उपेन्द्र लगायतका शक्तिहरुलाई एकीकृत गर्दै अघि बढ्ने र ओलीलाई टक्कर दिनेगरि मोर्चा गठन गर्नेसम्मको तयारी थालेका छन् ।
तर यो बीचमा उनले एमालेसँगपनि एकताको छलफल तथा प्रयास जारी राख्ने बुझिएको छ ।
Madhav Ghimire
भाड
Minesh Gole
Badai ka saath mohan baidera piplab ko pani ekta ko prayas jaruri huna aabasek xa
Raj Kumar Regmi
हगि सक्यो दैलो देख्यो भो प्रचण्डलाई, अब करिब करिब हातलाग्यो शून्य।
Rajan Khadka
Vad vahilo aux ni
Parmod Safal
Babu Ram Lai Naboknuhos Prachand..Jee
Shiva Puri
good
Nanda Gopal
Ekta. Hunus