क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने

सारांश

  • काठमाडौँ ।
  • अधिकांश खेलाडीले ४० वर्षको वरपर खेलबाट सन्यासको घोषणा गर्ने गरेको भेटिन्छ ।
  • तर, लोकप्रिय क्रिकेटर शक्ति गौचनले ३४ वर्षमै सन्यासको घोषणा गरेका छन्।

काठमाडौँ । अधिकांश खेलाडीले ४० वर्षको वरपर खेलबाट सन्यासको घोषणा गर्ने गरेको भेटिन्छ । तर, लोकप्रिय क्रिकेटर शक्ति गौचनले ३४ वर्षमै सन्यासको घोषणा गरेका छन्। गौचन नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य र भरपर्दा, लोकप्रिय खेलाडी हुन् ।

नेपाली राष्ट्रिय टोलीको तर्फबाट आगामी खेल इङ्ल्याण्डको लर्डसमा हुने नेदरल्याण्डस्विरुद्धको पहिलो एकदिवसीय प्रतियोगिता भने खेल्दैछन् । उनले त्यो खेललाई खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरिसकेका छन्।

नेदरल्याण्डसँग खेलेपछि नै क्रिकेट खेलबाट सन्यास लिने उपयुक्त समय भएको उनले बताएका छन् । लड्समा हुन लागेको खेलको लागि आयोजना गरिएको खेलाडी विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्।

लड्सबाट फर्किएपछि घरेलु मैदानमा नेपालमै एउटा खेल खेलेर सन्यासको घोषणा गर्ने उनले बताए। शक्तिको बिदाई गर्न घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ। त्यसपछि उनले नयाँ पीडिलाई उनले क्रिकेटका बारेमा सिकाउनेछन् ।

उनले सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीमा सिनियर टोलीमा डेब्यू गरेका थिए । ब्याटिङमा पनि पोख्त खेलाडीको रुपमा चिनिन्छन्। उनले इटालीविरुद्ध २००५ मा भएको विश्वकप छनोटमा १०६ रन बनाएका थिए। शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन। उनले सन् २००१ मा अन्डर –१७ बाट क्रिकेट करियर सुरु गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
यस्तो छ केपी ओलीको गृह जिल्लामा पछील्लो मत पारीणाम
यस्तो छ केपी ओलीको गृह जिल्लामा पछील्लो मत पारीणाम
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना
Which usually Dating Site Is the Best? Critical reviews of Major Online Dating Expertise
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा
भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते
भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते
कांग्रेसको बैठकमा देउवालाई थामिनसक्नु प्रश्नको बौछार
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
मधेशमा चुनाव जित्ने रणनिती तय गर्दै नेकपा एमाले ।
मधेशमा चुनाव जित्ने रणनिती तय गर्दै नेकपा एमाले ।
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि