रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

सारांश

  • चितवन, २७ जेठ ।
  • पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।

चितवन, २७ जेठ । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धु्रव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा गरेको हो । मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई नियमित हाजिर हुने र मुद्दा चल्दाको अवस्थामा कुनै गैरकानूनी काम नगर्ने गरी छोडिएको हो ।

प्रहरीको हिरासतमा रहेका चार जनाले आइतबार राति भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचनासमेत मागेका छन् ।प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले घटनाले देश विदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रङ्गशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । प्रतिबद्धता गरेसँगै उनीहरुलाई प्रहरीले रिहा गरेको हो । उनीहरुलाई भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदीको रोहवरमा छाडिएको हो ।जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरुले डोजर लगाएर बार भत्काएका थिए । सोही घटनामा पक्राउ परेका अन्य १४ जनालाई जेठ २० गते प्रहरीले हाजिरी जमानीमा छोडेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिभी, पिआरबाट किन पछि हटे मन्त्री लालबाबु !
डिभी, पिआरबाट किन पछि हटे मन्त्री लालबाबु !
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
छ सय ८९ जना प्रतिनिधि निर्वाचित हुँदै
छ सय ८९ जना प्रतिनिधि निर्वाचित हुँदै
हत्या आरोपमा खड्का पक्राउ
हत्या आरोपमा खड्का पक्राउ
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
यसरी मनाउने भो पत्रकार महासंघले ६३ औं स्थापना दिवस
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

तपाईंले छुटाउनुभयो कि?