रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०७५
|
|
६७ पटक हेरिएको
Shares
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी

सारांश

  • रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन, बरु सरकारले नै रोजगारीका लागिग नयाँ नयाँ गन्तव्य खोजेको खबर दिनहुँ आइरहेका छन् ।
  • जापानमा रोजगारी खुल्ने भन्ने सुने देखि नै युवाहरु जापानी भाषा सिक्न लालायीत हुन थालेका छन् ।
  • तर केही यस्ता युवा पनि जो स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका छन् ।

रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन, बरु सरकारले नै रोजगारीका लागिग नयाँ नयाँ गन्तव्य खोजेको खबर दिनहुँ आइरहेका छन् । जापानमा रोजगारी खुल्ने भन्ने सुने देखि नै युवाहरु जापानी भाषा सिक्न लालायीत हुन थालेका छन् । तर केही यस्ता युवा पनि जो स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका छन् । गरे देशभित्रै पनि अथाह सम्भावना छ भनेर केही युवा अहिले समाजमा उद्धाहरणीय पात्र बन्न थालेका छन् । यस्तै एक पात्र हुन् दाङ तुलसीपुर १९ सक्रामका हरि रोका । रोका मलेशिया ५ वर्ष बसेर फर्किएका युवा हुन् ।

रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । उनले मलेशियामा हुँदा भन्दा चार गुणा बढि कमाई भैसीपालनबाट गरिरहेको बताए । रोका भन्छन् “विदेश हुँदा मासिक १० हजार कमाइ हुन्थ्यो तर अहिले व्यावसायिक भैँसीपालनबाट मासिक ५० हजार रुपैयाँ हाराहारी आम्दानी हुन थालेको छ ।” मलेसियाबाट फर्किए पछि दुई भैँसीबाट व्यवसाय शुरु गरेका रोकासँग अहिले २० भैँसी छन् । शुभलक्ष्मी पशुपालन फर्ममा मुर्रा क्रस र एउटा होलस्टेन गाई छ, जसमध्ये गाई र चार भैँसीले दूध दिन्छन् । एउटा भैसीले कम्तिमा पाँच लिटर दूध दिन्छ । उक्त दूध डेरीमा बेच्छन् । रोकाले दश लाख लगानीमा २०७१ साल देखि व्यावसायिक भैँसीपालन शुरु गरेका हुन् । अझै १० वटा भैसी थप्ने उनले लक्ष्य लिएका छन् । व्यवसाय सञ्चालन गर्न उनले वाणिज्य बैंकबाट दश लाख ऋण पनि लिएका छन् ।

रोकालाई तुलसीपुर उपमहानगरपालिकाले साढे दुई लाख रुपैयाँ बराबरको ४० लिटरको दूध बोक्ने क्यान, ढुवानी सेवालगायत सहयोग समेत गरेको छ । भैँसीलाई दाना र घाँस खुवाउने गरिएको छ । भैँसीबाट उत्पादन भएको गोबरबाट रोकाले गोबर ग्यास निकाल्ने तयारी गरेको बताए ।

अहिले रोकाले भैँसीको गोबर स्थानीय किसानलाई बिक्री गर्दै आएका छन् । ”आफै व्यवसाय गरे आफू अनुकूल चल्न सकिन्छ” रोका भन्छन् ”तर अर्काको देशमा काम गर्न गए बिरामी भए पनि काममा सकि नसकि खटिनुपथ्र्यो ।” रोका घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र राम्रो आम्दानी पनि गर्न पाइने भएकाले भैसीपालन पेशाबाट सन्तुष्ट भएको बताउँछन् । उनले गाईको एकलाख र अन्य भैंसीको २५ हजारदेखि माथिको बीमा समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको मन्तव्यलाई लिएर बाबुरामले गरे कडा ट्वीट
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना
कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
३३ किलाे सुन प्रकरण: समीतिले नभेटेका एक दर्जन माथी अनुसन्धान सुरु
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !
श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन
श्रमिकको जीवन सुरक्षित हुनुपर्छ : अध्यक्ष लिङ्देन
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
एसइई को परीक्षाफलका कारण परीक्षा नियन्त्रक कारबाहीमा
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै
बहराइनका नेपालीलाई विमान चार्टर गरी ल्याइदै
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय
व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउनुः गृह मन्त्रालय

तपाईंले छुटाउनुभयो कि?