संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ

सारांश

  • काठमकाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्।
  • नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई  मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधिसंस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिएका हुन्।

काठमकाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन्।

नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई  मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधिसंस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिएका हुन्।
उनले संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद संचालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गरे। उनले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा संञ्चालनमा पूर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाए।

सर्वसम्मति सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उनले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने तथा समाजको पनि मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उल्लेख गरे।
‘जनताको सार्वभौम सत्तालाई संविधान कार्यान्वयन मार्फत व्यवहारिक रुपले बाटो तय गर्दे अघि बढ्ने काम भइसकेको छ । शुसासन  र विकासका प्रश्नहरुमा आफ्ना सम्पूर्ण विचार र प्रयासलाई केन्द्रित गरेर अगाडि बढ्न जरुरी छ,’ उनले भने, ‘हामीले रोजेको प्रणाली हो बहुदलीय प्रणाली। हामीले रोजेको, छानेको, स्वीकारेको प्रणाली हो। यसमा स्वभाविक रुपमा केही मतभेद हुन सक्छ तर केही आधारभूत कुरामा स्वच्छ प्रतिष्पर्धाबाट अगाडि बढ्न सक्छौ।’

दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उनले एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासनतर्फ केन्द्रित गर्नुपर्ने जरुरी रहेको बताए। कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै आग्रह,पुर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने टिप्पणी गरे।
विज्ञान, प्रविधि र कनेन्टीभिटीको दृष्टिमा दुनिया तिब्र गतिमा अगाडि बढेको त्यो गतिलाई समाउन नसक्ने हो भने समय खेर जाने भन्दै उनले विकासको गतिलाई समाउन सक्ने गरि अघि बढ्न सबैलाई आव्हान गरे। उनले केही दिनपछि आफुले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा
‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
‘नेपालमा इन्काउन्टर भन्ने शब्द नै छैन’,डीआईजी कार्की…
‘नेपालमा इन्काउन्टर भन्ने शब्द नै छैन’,डीआईजी कार्की…
गंगामायाले जुस पिएर अनशन तोडिन्
नेपाल आएर खुशी लागेको छ : टेड्रोस
नेपाल आएर खुशी लागेको छ : टेड्रोस
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
मोरङ११ लाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने

तपाईंले छुटाउनुभयो कि?