रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
१९ पटक हेरिएको
Shares
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद

सारांश

  • काठमाडौंं ।
  • परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् ।
  • बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको उल्लेख गरे ।

काठमाडौंं । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् ।

बानेश्वर बहुमखी क्याम्पसको ३२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको उल्लेख गरे ।

बानेश्वर क्याम्पसबाट उत्पादित जनशक्तिले समाजमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्री साउदले भने, ‘अहिले नेपालमा युवा जनसङ्ख्या सबैभन्दा धेरै छ, यो जनशक्तिलाई मुलुकको आवश्यकता अनुसार प्रशिक्षित गरी समृद्धिमा उपयोग गर्न सके मुलुकलाई दीर्घकालीन लाभ हुनेछ ।’

हाल रोजगारी र अध्ययनका लागि युवा विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले युवा वर्गलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी मुलुकको समृद्धिमा लगाउन सरकार प्रयत्नशील रहेको बताए । कार्यक्रममा हरिबोल भट्टराई, क्याम्पस प्रमुख डा घमनसिंह खड्कालगायतले क्याम्पसको शैक्षिक गतिविधि बारेमा अवगत गराउँदै क्याम्पसको आगामी शैक्षिक योजनाका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा दर्जनौं प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । बानेश्वर बहुमुखी क्याम्पस २०४७ सालमा समाजसेवी, बुद्धिजीवी र ख्यातिप्राप्त शिक्षाविद्हरूको समूहले स्थापना गरेको हो । करिब तीन हजार विद्यार्थी रहेको यो क्याम्पस शिक्षक र समुदायद्वारा सञ्चालित गैर–नाफा कमाउने सार्वजनिक क्याम्पस हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
मंसिर १३ गते शुक्रबारको राशिफल यस्तो छ
मंसिर १३ गते शुक्रबारको राशिफल यस्तो छ
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान
सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु
कपिलबस्तुमा गोलि चल्यो, एक जनाको मृत्यु
एक वर्षमा पन्ध्र सय घटना बढे
एक वर्षमा पन्ध्र सय घटना बढे

तपाईंले छुटाउनुभयो कि?