नेपालगञ्जमा ९ जना र पर्सामा १ जना कोरोना संक्रमित थपिए, जम्मा ६९ संक्रमित

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २१, २०७७
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् ।  संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

यसअघि पनि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । पर्सामा पनि आज नै एकजनामा संएकजना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?