रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु

सारांश

  • रोल्पा, असार १४ – मतदाताले मतदान गर्ने क्रममा मतपेटिकामा एसिड राखेपछि स्थगित भएको रोल्पा नगरपालिका १० को जनता प्रावि भनभने मतदान केन्द्र ‘ख’ मा मतदान सुरु भएको छ ।
  • राजनीतिक दल तथा उम्मेदवारले एक सय ५० मध्ये ४ वटा जलेका मतपत्र बाहेक अरुलाई यथावत मान्दै पुनः मतदान गर्ने सहमतिमा मतदान सुरु भएको मतदान अधिकृत धर्मराम गिरीले जानकारी दिनुभयो ।
  • मतपेटिकामा कस्ले एसिड राखेको भन्ने बारे खुल्न सकेको छैन ।

रोल्पा, असार १४ – मतदाताले मतदान गर्ने क्रममा मतपेटिकामा एसिड राखेपछि स्थगित भएको रोल्पा नगरपालिका १० को जनता प्रावि भनभने मतदान केन्द्र ‘ख’ मा मतदान सुरु भएको छ ।

राजनीतिक दल तथा उम्मेदवारले एक सय ५० मध्ये ४ वटा जलेका मतपत्र बाहेक अरुलाई यथावत मान्दै पुनः मतदान गर्ने सहमतिमा मतदान सुरु भएको मतदान अधिकृत धर्मराम गिरीले जानकारी दिनुभयो । मतपेटिकामा कस्ले एसिड राखेको भन्ने बारे खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाको सुवर्णावती गाउँपालिका वडा नम्बर ३ को चन्दप्रभा मावि केन्द्रमा मतदान सम्पन्न भएको छ । जम्मा १५ सय ९४ मतदाता रहेकोेमा १ हजार ७८ मत खसेको बताइएको छ । यस्तै जिल्लाभर झण्डै ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?