३८ क्वीन्टल सुन तस्करी प्रकरण आरोपीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर २०,पुष।
  • ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका दुईजना आरोपीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।
  • जिल्ला अदालत मोरङले थुनामा रहेका व्यवसायी राजकुमार दारुका र  मदनप्रसाद घिमिरेलाई १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

विराटनगर २०,पुष।३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका दुईजना आरोपीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।जिल्ला अदालत मोरङले थुनामा रहेका व्यवसायी राजकुमार दारुका र  मदनप्रसाद घिमिरेलाई १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

जिल्लाको आदेश विरुद्ध उच्चमा पुनरावेदन गरेका दारुका र घिमिरेलाई उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासबाट धरौटीमा छाड्ने आदेश भएको रजिष्टार नारायण रेग्मीले जानकारी दिए ।गत फागुन १८ गते सुन तस्करी समुहका नाइके चुणामणी उप्रेती गोरे सहितको समुहको यातनाका कारण मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?