दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
दुबईमा सुन तस्करसँग आइजिपीको हिमचिम

सारांश

  • काठमाडौं, १० मंसिर ।
  • इन्टरपोलको सम्मेलनमा भाग लिन यूएई गएका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले एक साता त्यहाँ विताए ।
  • महासभा सुरु हुनुभन्दा दुई दिन अघि नै दुबई पुगेका खनाल महासभा सकिएको दुई दिन पछि मात्र गत शनिबार फर्किए ।

काठमाडौं, १० मंसिर । इन्टरपोलको सम्मेलनमा भाग लिन यूएई गएका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले एक साता त्यहाँ विताए । महासभा सुरु हुनुभन्दा दुई दिन अघि नै दुबई पुगेका खनाल महासभा सकिएको दुई दिन पछि मात्र गत शनिबार फर्किए । देशको शान्ति सुरक्षा अस्त व्यस्त भएको बेला आइजिपी एक सातासम्म दुबईमा बस्नुलाई धेरैले आश्चर्य मानेका थिए ।

झन् आश्चर्य त के भने दुबईमा सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्नहरुसँग आइजिपीको हिमचिम बाहिर आएको छ । सनम शाक्य हत्या तथा सुन तस्करीमा प्रतिवादी बनाइएका ठाकुर ढुंगानासँग आइजिपी खनालले मञ्च शेयर गरेका थिए । एनआरएन युएईले गरेको कार्यक्रममा ढुंगाना र खनाल एउटै मञ्चमा बसेका थिए । स्रोतका अनुसार एनआरएनमा आबद्ध विवादास्पद व्यापारीहरुले आइजिपीलाई भोज दिएका थिए । आइजिपी खनाल अन्जानबस त्यसरी विवादास्पद व्यक्तिसँग बसे वा नियतबश भन्ने खुल्न सकेको छैन ।

३३ किलाे सुनकाण्डकाे चर्चा लगभग सेलाइसकेकाे छ । यस प्रकरणमा पक्राउ परेका ठूला प्रहरी अधिकारीहरु पनि छुटिसकेका छन् भने मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गाेरेसहित अन्य केही व्यक्ति जेलमा छन् ।

इन्टरपोलको ८७औं महासभामा सहभागी हुँदै अाइजीपी खनाल

साेही सुन तस्करी काण्डमा मुछिएका र अदालतलार्इ पैसा बुझाएर ‘फरार’ रहेका ठाकुर ढुंगाना युएर्इकाे एक कार्यक्रममा देखिएका छन् । यति मात्र हाेइन, उनीसँगै नेपाल प्रहरीका महानिरीक्षक (अाइजीपी)लगायतका केही प्रहरी अधिकारीहरु पनि साे कार्यक्रममै अभियुक्तसँग ‘उठबस’ गरिएकाे देखिएकाे छ ।

एनअाएनएकाे सभामा अाइजीपी खनाल

महानिरीक्षक सर्वेन्द्र खनाल युएर्इकाे दुबईमा अायाेजित (नाेभेम्बर १८ देखि २१) इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका बेला सुन तस्करीका विवादास्पद व्यक्तिसँगै एकै मञ्चमा बाेलेकाे मात्र नभर्इ रात्रिभाेजमा समेत सरिक रहेकाे विशेष स्राेतबाट खुल्न अाएकाे छ ।

इन्टरपोलको महासभामा माग लिन नेपालबाट आईजीपी खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी निरज शाही, इन्टरपोलकाे नेपाल शाखाका एसपी उमेशराज जोशी, कुकुर शाखाकी एसएसपी देउती गुरुङलगायतका अधिकारी दुबर्इ पुगेका थिए ।

एनअाएनएकाे सभामा सम्बाेधन गर्दै अाइजीपी खनाल

आइजिपी खनाललगायतका अधिकारीहरु शुक्रबार (नाेभेम्बर २३)मा एनअारएन-युएर्इकाे राष्ट्रिय समन्वय परिषद्काे वार्षिक भेलामा सुन तस्करीमा मुछिएका ठाकुर ढुंगानासँगै देखिएका थिए । यही कार्यक्रममा अर्का विवादास्पद व्यापारी दीपक मल्होत्रा समेत उपस्थित थिए ।

एनअाएनएकाे सभामा सम्बाेधन गर्दै सुन तस्करीका अाराेपी ठाकुर ढु‌ंगाना

अाइजीपी खनाल र विवास्पद व्यवसायी ठाकुरले एनअारएनएकाे उक्त सभामा सम्बाेधन समेत गरेकाे विभिन्न तस्वीर र भिडियाेहरुमा देख्न सकिन्छ । स्रोतका अनुसार सभाकाे २ दिनअघि मात्र बुधबार (नाेभेम्बर २१) दुबईमै ठाकुर लगायतकाे अगुवाइमै एनअारएनकाे छुट्टै जमघट गरिएकाे थियाे, जहाँ अाइजीपी खनाल लगायतका उच्च अधिकारीहरु रात्रिभाेजमा सरिक थिए ।

नेपालकाे राष्ट्रगान गाउँदै एनअारएनए युएइका अगुवासँगै ठाकुर

३३ किलाे सुन तस्करीसँगै बाहिरएकाे ३८ क्विन्टल सुन तस्करीमा संलग्नहरुकाे नालीबेलीमा ठाकुर पनि मुख्य रुपमा संलग्न रहेकाे पाेल खुलेकाे थियाे । पाेल खुलेपछि ठाकुर केही महिनाअघि अाफै माेरङ उच्च अदालतमा उपस्थित भर्इ १० लाख धराैटी बुझाएर उम्किएकाे बताइन्छ ।

ठाकुर सुनकाण्डका मुख्य अभियुक्त बनाइएका ‘गोरे’का भाइसँगै दुबर्इमा रहेर सुन तस्करीकाे सेटिङ र हुन्डी कारोबारमा संलग्न रहँदै अाएका थिए । धादिङको नीलकण्ठ– ५ स्थायी घर भएका ठाकुर पछिल्लाे समय दुबर्इमा ट्राभल एजेन्सी चलाएर बस्दै अाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?