कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी तरुण दलले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको भन्दै रिहा गर्न माग गरेको छ ।
तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाए ।रिपोटेर्स नेपाल बाट
प्रतिक्रिया