कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्दैछ ।
- प्रतिनिधिसभाको २७५ मध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसले ६३ सिट जितेको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्दैछ । प्रतिनिधिसभाको २७५ मध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेसले ६३ सिट जितेको छ । यिनै ६३ जनाले आफूमध्येबाट दलको नेता चयन गर्दैछन् ।
सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने सभापति शेरवहादुर देउवाकोे प्रयास विफल भएपछि मतदानमै लैजाने टुंगो भएको छ । सभापति देउवा स्वयं र पूर्वउपसभापति प्रकाशमान सिंह चुनावी मैदानमा छन् । सभापति देउवाले भारी मतअन्तरले चुनाव जित्ने सुनिश्चित हुँदाहुँदै सिंहले उम्मेदवारी दिएपछि कांग्रेसभित्रको राजनीति निकै पेचिलो हुने संकेत देखिएको छ । उपनेता पदमा सिंहलाई मनोनीत गर्ने गरी सहमति गर्न गत शनिबार पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठ नेता रामचन्द्र पौडेलको निवास पुगेका थिए । तर पौडेलले सभापति देउवा नै मैदानबाट बाहिरिनुपर्ने सर्त राखेपछि सहमति हुन सकेन ।
सभापति देउवाले चुनाव जित्ने सुनिश्चित भए पनि मतअन्तर कति होला ? भन्ने अनुमान गर्न सकिने अवस्था छैन । जुन पृष्ठभूमिमा सांसद निर्वाचित भएका छन् र देउवाको पक्षमा जसजसले खुलेर बचन दिएका छन् , यसलाई हेर्दा ६३ मध्ये सभापति देउवाले ४३ र पूर्व उपसभापति सिंहले १७ मत प्राप्त गर्ने देखिएको छ भने तीन मतलाई शंकामा राखिएको छ ।
को कता ?
देउवा पक्ष– प्रत्यक्ष निर्वाचित २३ मध्ये शेरबहादुर देउवा, देवेन्द्र कँडेल, प्रमोदकुमार यादव, अभिशेषप्रताप शाह, भारतकुमार शाह, मोहन आचार्य, भीमसेनदास प्रधान, अमरेशकुमार सिंह, प्रदीप गिरि, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, सीताराम मेहता, विजयकुमार गच्छदार, डा. मिनेन्द्र रिजाललगायत १४ जना छन् ।
समानुपातिकतर्फ सुजाता परियार, उमा रेग्मी, पार्वती डिसी चौधरी, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार, विनोदकुमार चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय, चित्रलेखा यादव, मिनाक्षी झा, अतहरकमाल मुसलमान, सर्वतआरा खातुन, बहादुरसिंह लामा, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, मीना सुब्बा, बालकृष्ण खाँण, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, पुष्पा भुसाल, डा.डिला संग्रौला, पद्मनारायण चौधरी र रंगमति शाही गरी ३० जना छन् ।
सिंह पक्ष– प्रत्यक्ष निर्वाचिततर्फ प्रकाशमान सिंह, गगन थापा, मोहम्मद अफ्ताब आलम, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतम गरी ७ जना छन् भने तीन मत कतै खुलेका छैनन् । डा.शशांक कोइराला, देवी तिमल्सिना, उमाकान्त चौधरी कतै देखिएका छैनन् ।
समानुपातिकतर्फ सुजाता कोइराला, मीना पाण्डे, दिलेन्द्र बडू, सीतादेवी यादव, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, कर्म घले, विमला नेपाली, प्रकाश रसाइली, नमिताकुमारी चौधरी र हिरा गुरुङ गरी १० जना छन् । आज सोमबार मात्र स्पष्ट खुल्ने यी तीन मत पाउँदा देउवाको पक्षमा ४६ मत हुनेछ भने प्रकाशमान सिंहले पाउँदा उनको पक्षमा २० मत हुने देखिन्छ । सिंह दलको निर्वाचनमा कमजोर देखिए भने उनको विकल्पमा शशांक कोइराला नै भावी नेता हुने धेरैको अनुमान छ ।
Purna Gurung
प्रकाशमान सिंह
Michael Maharjan
prakash
Madan Gautam
Jabasamma sher bahadur padma rahanxan nepali congress tyati nai kamjor hundai janxa