नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने

सारांश

  • काठमाडौं।
  •  एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच हिजो रोकिएको फाइनल खेल आज पुनः हुदैछ ।
  • टियु क्रिकेट मैदानमा वर्षाका कारण प्रभावित बनेपछि स्थगित भएको खेल आज फेरि हुन लागेको हो ।

काठमाडौं। एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच हिजो रोकिएको फाइनल खेल आज पुनः हुदैछ । टियु क्रिकेट मैदानमा वर्षाका कारण प्रभावित बनेपछि स्थगित भएको खेल आज फेरि हुन लागेको हो ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आज हुने खेल हिजकै स्कोरबाट निरन्तर हुनेछ । आज रोकिएकै ओभरबाट खेल ९ बजेदेखि सुरु हुनेछ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

खेल रोकिनुअघि नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?