विश्वविद्यालयले कृषक मेला गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
४८ पटक हेरिएको
Shares
विश्वविद्यालयले कृषक मेला गर्ने

सारांश

  • चितवन, १५ जेठ ।
  • कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ ।
  • मेला विश्वविद्यालयको रामपुरमा रहेको कृषि सङ्कायको परिसरमा गर्न लागिएको हो ।

चितवन, १५ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ । मेला विश्वविद्यालयको रामपुरमा रहेको कृषि सङ्कायको परिसरमा गर्न लागिएको हो ।मेला सचिवालयका संयोजक प्राडा अर्जुन श्रेष्ठका अनुसार मेलामा कृषिसँग सम्बन्धित ५० वटा कक्ष रहनेछन् । ती कक्ष हरुमा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउ बिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहने श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक वर्ष आयोजना गर्ने गरी शुरु गर्न लागिएको मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याबारे अन्तरक्रिया गरिनेछ । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राख्न सक्ने विश्वविद्यालयले जनाएको छ ।अध्ययन अनुसन्धान र प्रसारको काम गर्ने गरी विसं २०६७ असारमा स्थापना भएको सो विश्वविद्यालयले अनुसन्धानका क्रममा प्राप्त गरेका उपलब्धिहरुलाई कृषकसमक्ष पु¥याउन मेला उपयोगी हुने श्रेष्ठको भनाइ छ । मेलाको सहआयोजकमा भरतपुर महानगरपालिका, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् भने प्रवद्र्धकमा उद्योग वाणिज्य सङ्घ चितवन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत
अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की
विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की
जेठ १८ गते शनिबारको राशीफल यस्तो छ
सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते
सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ
माओवादी र राजा वीरेन्द्र–रवीन्द्र श्रेष्ठ