रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
सारांश
- एजेन्सी।
- भारतीय टी–२० टीमका उपकप्तान रोहित शर्मा अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने व्याट्सम्यान भएका छन्।
- उनले वेस्टइण्डिज विरुद्ध फ्लोरिडामा दोस्रो टी–२० का क्रममा यो उपलब्धि हासिल गरेका हुन्।
एजेन्सी। भारतीय टी–२० टीमका उपकप्तान रोहित शर्मा अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने व्याट्सम्यान भएका छन्। उनले वेस्टइण्डिज विरुद्ध फ्लोरिडामा दोस्रो टी–२० का क्रममा यो उपलब्धि हासिल गरेका हुन्। रोहितका कुल १०७ छक्का भएका छन्। उनले वेस्टइण्डिजका क्रिस गेलको रेकर्ड तोडेका छन्। गेलले ५८ खेलमा १०७ छक्का प्रहार गरेका थिए।
रोहितले वेस्टइण्डिज विरुद्ध ५१ बलमा ६७ रनको पारी लेखे। यस क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे। रोहित टी–२० मा सबै भन्दा धेरै २४२२ रन बनाउने ब्याट्सम्यान पनि हुन्। दोस्रो नम्बरमा भारतीय टीमका कप्टान विराट कोहोली छन्। कोहलीले ६९ खेलमा २३१० रन बनाएका छन्। रोहितले टी–२० मा २१ पटक पचास भन्दा धेरै स्कोर बनाइसकेका छन्। यो पनि रेकर्ड नै हो। रोहितको नाममा सबैभन्दा धेरै ४ शतक पनि छ।
(Ambien)
प्रतिक्रिया