ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
५१ पटक हेरिएको
Shares
ओली-प्रचण्डबीच वार कि पारको अवस्था, को कता

सारांश

  • काठमाडौं, २१ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद वार कि पारको अवस्थामा पुगेको छ ।
  • अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ(आफ्नो अडानमा कायमै रहेपछि वार कि पारको अवस्था बनेको हो ।

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद वार कि पारको अवस्थामा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ(आफ्नो अडानमा कायमै रहेपछि वार कि पारको अवस्था बनेको हो ।

अध्यक्ष प्रचण्डले सचिवालय बैठक धुम्बाराहीमा डाकेका छन् । उनले ओलीसँग बैठक डाक्न आग्रह गरेपनि नमानेपछि आफैले डाकेका हुन् । प्रचण्डले बैठक डाकेपनि यसलाई ओली पक्षले बहिष्कार गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसलाई गुटको भेला भनेका छन् ।

प्रचण्डले डाकेको सचिवालय बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । अपरान्ह तीन बजे डाकिएको बैठकमा ओलीसहित, सचिवालय सदस्यहरु इश्वर पोखरेल र रामबहादुर थापा बादलका अलावा महासचिव विष्णु पौडेल अनुपस्थित हुने निश्चित भएको छ ।

सचिवालय बैठकमा प्रचण्ड र माधवकुमार नेपाल पक्षको बहुमत छ । यो समूहमा पाँचजना र ओली पक्षमा चारजना देखिएका छन् । बादलले पनि सरकारमा रहेकाले सचिवालय बैठकमा अनुपस्थिति जनाउने भएका छन् । उनी यसअघि खुमलटारमा डाकिएको प्रचण्ड पक्षीय भेलामा अचानक सहभागी भएका थिए ।

नेकपाभित्र स्थायी कमिटीमा पनि प्रचण्ड माधव नेपाल गुटको बहुमत छ । स्थायी कमिटीका भीम रावल, जर्नादन शर्मा, पम्फा भुषाल, देव गुरुङलगायत यो गुटमा छन् । ओली गुटमा सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल जस्ता हस्तीहरु छन् ।

संसदीय दलमा भने कसैको बहुमत छैन । ओली गुटले बहुमत दाबी गर्दै आएको छ । तर, प्रचण्ड र माधव नेपाल मिल्दा संसदीय दलमा बहुमत पुग्ने दाबी उक्त गुटको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
बझाङका सबै गाउँ टेफिफोनको पहुँचमा
बझाङका सबै गाउँ टेफिफोनको पहुँचमा
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश
चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’
चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’
एमाले ल्यायो टुटेका मनहरु जोड्ने मार्मिक चुनाबी बिज्ञापन एमाले छदै छ नि !!!
धरहरामा इतिहास झल्कन्छ,आधुनिकता टल्कन्छ: प्रधानमन्त्री ओली
धरहरामा इतिहास झल्कन्छ,आधुनिकता टल्कन्छ: प्रधानमन्त्री ओली
यि हुन प्रधानमन्त्री ओलीको भ्रमण दलमा पर्ने ११८ जना
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र
रविको म्याद थपपछि झनै आक्रोशित बने कार्यकर्ता, तोडे निषेधित क्षेत्र