लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
२० पटक हेरिएको
Shares
लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु

सारांश

  • लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ ।
  • एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले रु दुई लाखसम्मको कर्जा लिन सक्नेछन् ।
  • कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन ।

लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले रु दुई लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन । ऋणीले कर्जा प्राप्त गर्नका लागि बचतकर्ताले बैंकसँग गरेको कारोवारका आधारमा कर्जा उपलब्ध गराइने छ । कर्जाको अवधि ३० दिनसम्मका लागि निर्धारण गरिएको छ ।

कर्जाको माग डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ । कर्जा पूर्व स्वीकृत हुने हुँदा कर्जाको रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने बैंकले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?