प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन
सारांश
- काठमाडौं, २२ असोज ६२ औं प्रहरी दिवस २०७४ को अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आइतबारबाट सुरु भएको छ ।
- नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुवेदीले प्रतिष्ठानमा आयोजित एक समारोहबीच रेफ्रीलाई बल हस्तन्तरण गरी प्रतियोगिता उद्घाटन गर्नुभयो ।
- प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले भलिबल खेल नेपालमा सुरु भएदेखिनै नेपाल प्रहरीले भलिबल खेलको विकास र विस्तारमा पु¥याएको योगदानको चर्चा गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा समेत नेपाल प्रहरीका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै आएको बताउनुभयो ।
काठमाडौं, २२ असोज
६२ औं प्रहरी दिवस २०७४ को अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आइतबारबाट सुरु भएको छ ।
नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुवेदीले प्रतिष्ठानमा आयोजित एक समारोहबीच रेफ्रीलाई बल हस्तन्तरण गरी प्रतियोगिता उद्घाटन गर्नुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले भलिबल खेल नेपालमा सुरु भएदेखिनै नेपाल प्रहरीले भलिबल खेलको विकास र विस्तारमा पु¥याएको योगदानको चर्चा गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा समेत नेपाल प्रहरीका खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रतियोगिताका संचालक समितिका संयोजक प्रहरी नायव महानिरीक्षक छविलाल जोशीले खेलकुद प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।
आइतबारबाट सुरु भई असोज २६ गते समापन हुने प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज,महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका टिम समेत गरी १० टिमको सहभागिता रहेको छ ।
लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा लिग चरणमा १२ खेल, सेमीफाइनलमा २ खेल र फाइनलमा १ खेल गरी जम्मा १५ खेल हुनेछन ।
प्रतिक्रिया