पूर्व आइजिपी ठकुरीद्वारा सर्वोच्च अदालतमा आत्मसमर्पण
सारांश
- सुडानको डार्फर मिसनमा भ्रष्टाचार भएको प्रकरणमा जेल सजाय सुनाइएका पूर्वआईजीपी रमेश चन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्।
- सर्वोच्च अदालत सम्बद्ध ट्रेड युनियनका सचिव हरि भट्टराईका अनुसार चन्दले बिहीबार दिउँसो सर्वोच्चमा पुगेर आत्मसमर्पण गरेका हुन्।
- भट्टराईका अनुसार अहिले उनलाई जेल पठाउने तयारी भइरहेको छ।
सुडानको डार्फर मिसनमा भ्रष्टाचार भएको प्रकरणमा जेल सजाय सुनाइएका पूर्वआईजीपी रमेश चन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्। सर्वोच्च अदालत सम्बद्ध ट्रेड युनियनका सचिव हरि भट्टराईका अनुसार चन्दले बिहीबार दिउँसो सर्वोच्चमा पुगेर आत्मसमर्पण गरेका हुन्। भट्टराईका अनुसार अहिले उनलाई जेल पठाउने तयारी भइरहेको छ।
२०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौजनालाई जेल सजायको फैसला सुनाएको थियो। फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो।
फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको थियो। ठकुरीबाहेकका राणा, गुरुङ र तत्कालीन एआईजी दीपकसिंह थाङदेन, डीआईजी दीपक श्रेष्ठ हाल डिल्लीबजार सदरखोर थुनामा छन् । ठकुरीलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवाना गरेको थियो ।
सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषले भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो।
यो पनि पढ्नुस्
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
चलचित्र नायिका करिश्मा मानन्धर अर्को हप्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने निश्चित भएको छ । उनले पार्टी प्रवेश गर्ने खबर केही दिनदेखि चर्चामा थियो ।
एसईई उत्तीर्ण गरेलगत्तै करिश्माले राजनीतिमा फेरि करिश्मा देखाउने संकेत गर्दै नेकपा प्रवेश गर्न लागेकी हुन् । उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको छ । करिश्माले प्रचण्डलाई यसै हप्ता भेटिसकेकी छिन् ।
नयाँ शक्ति पार्टी, नेपालको संस्थापक रहेकी मानन्धरले डा.बाबुराम भट्टराईसँगको तीन वर्ष लामो राजनीतिक सम्बन्ध तोडेर नेकपामा प्रवेश गर्न लागेकी हुन् । बाबुराम समाजवादी पार्टी नेपालको अध्यक्ष छन् । करिश्माको राजनीतिप्रतिका मोह अझै भंग नभएको देखिएको छ ।
एक छोरीकी आमा करिश्मा सदावहार नायिका हुन् । नेपाली चलचित्र क्षेत्रमा सुन्दर नायिकामा गनिएकी उनी बेला बेलामा विवादमा आइरहन्छिन् । करिश्मा केही वर्ष अमेरिकामा बसिन् । त्यहाँबाट फर्किएपछि उनी चलचित्रमा मात्र नभई राजनीतिमा पनि सक्रिय हुन थालिन् ।
प्रतिक्रिया