लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले उपकरणबाट यसरी समात्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले उपकरणबाट यसरी समात्छ

सारांश

  • लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ ।
  • नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो ।
  • महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए ।

लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उपकरणले ३ मीटर टाढैबाट समात्न सक्छ ।

प्रहरीले यो उपकरण विगतमा कुनै प्रकोप वा महामारीका बेला प्रयोग गर्न सकियोस् भनेर ‘स्ट्याण्ड बाई’ राखेको थियो । यो उपकरणको प्रयोग गरेर शुक्रबार गौशला, सिनामंगल लगायतका क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको छ ।

यो उपकरण प्रहरीको मोबाइल गाडीमा राखिने र आवश्यकता अनुसार प्रयोग हुने उनले जनाए । थप उपकरणको आवश्यक परे अन्य पनि खरिद गर्न सकिने उनले बताए । यद्यपि, हाल नयाँ उपकरण खरिदको योजना नभएको पोखरेलले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा
मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा
सागर लम्साल ‘बले’ गरे विवाह
सागर लम्साल ‘बले’ गरे विवाह
राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी
राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
काेराेना भाइरस : सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह
काेराेना भाइरस : सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह
नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो
नेपालको बौद्धधर्म प्रति अमेरिकी भिक्षुनीको चासो
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
सुदुरपश्चिममा तीन दिनमा नौ व्यक्तिमा कोरोना सङ्क्रमण
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
सरकारले मनपरी गर्न छुट छैन, सरकारलाई ठेगान लगाइन्छ : सभापति शाह
सरकारले मनपरी गर्न छुट छैन, सरकारलाई ठेगान लगाइन्छ : सभापति शाह
विद्युतीय गाडी एमजी जेडएसको आकर्षण, असारसम्मकै लागि ‘सोल्ड आउट’
विद्युतीय गाडी एमजी जेडएसको आकर्षण, असारसम्मकै लागि ‘सोल्ड आउट’

तपाईंले छुटाउनुभयो कि?