अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
अाफैले गाेलि हान्न लगाउने श्रीनिवास आचार्य जेल चलान!

सारांश

  • विराटनगर, १६ जेठ  ।
  •    धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् ।
  • जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

विराटनगर, १६ जेठ  ।   धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

जिप्रका मोरङको इजालसमा भएको थुनछेक बहसमा धर्मगुरु श्रीनिवासको पक्षबाट अधिवक्ता उद्धबचन्द्र घिमिरेले प्रतिरक्षा गर्दै बहस गरेका थिए भने प्रशासनले भने इनक्वारी बयान लिएको थियो ।

धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैले आफैलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्रहरीले वैशाख २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रहरीले धर्मगुरुलाई वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

बाराको सिमरा ३ घर भइ सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए ।

आचार्यमाथि चैत २५ गते बिहान १ः ४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै सुरक्षा गार्डले गोली प्रहार गरेका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए ।

गोली हान्ने पनि जेल चलान

यसैबीच श्रीनिवासको निर्देशनमा उनीमाथि गोली हान्ने उनकै अगंरक्षक चितवन भरतपुर ४ का २९ वर्षीय रोशन भन्ने माधब चौधरी र पेस्तोल उपलब्ध गराउने नवलपरासी गैडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी पनि पूर्पक्षको लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले बुधबार नै चौधरी र अधिकारीलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

आदेशपछि उनीहरुलाई प्रहरीले जिल्ला कारागार मोरङ लगेको छ । उनीहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तीको ११८ को दफा २ बमोजिम पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङले जनाएको छ ।

अदालतसमक्ष उनीहरुले बयान दिएपछि थुनछेक बहस भएको थियो । चौधरी र अधिकारीलाई मोरङ प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।

श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

आदेशसँगै कडा सुरक्षाकाबीच श्रीनिवासाचार्यलाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । आदेशपछि झुम्का कारागार लगिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bishnu Begha

    Yo dharma Aatanka machaune giroha lai jel mai jhundayera marnu parxa

    Comment Author

    Kokil Limbu

    एक बर्ष त के जेलमै सडाउनु पर्छ। ताकी बाँकी त्रिसुलेहरु पनि सोझीउन्!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
विमान नहुँदा यात्रु अलपत्र
विमान नहुँदा यात्रु अलपत्र
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
वाम गठबन्धनले यसकारणा समर्थन गर्याे संघीय समाजवादी फोरमलार्इ
प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन  !
सन्दिपको आइपिएल डेब्यू, १ विकेट २५ रन !
देउवाले किन बोल्न दिएनन् कल्याण गुरुङलाई ?
देउवाले किन बोल्न दिएनन् कल्याण गुरुङलाई ?
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री