सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सारांश
- काठमाडौं।
- उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन्।
- सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो।
काठमाडौं। उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन्।सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो। बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए। प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिँदै स्वास्थ्य उपचार सफलता पूर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराएका थिए। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको जानकारी दिए।

बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुको साथै आ–आफ्नो मन्त्रालयगत समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए। भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रीपरिषद् बैठकको भिडियो खिच्न भने दिइएको थिएन। मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री ओली सिंगापुर जानु अघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरिएको थियो।
प्रतिक्रिया